तुलसीपुर
१२-असोज/ तुलसीपुरमा एक जना पुरुषको शव फेला परेको छ । बुधबार बिहान तुलसीपुर उपमहानगरपालिका ५ निवासी ५६ वर्षिय शेर बहादुर गुरुङको शव मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए ।

डिएसपी मल्लका अनुसार मृतक गुरुङको श्रीमती र छोरी बिगत २० वर्षदेखि अष्ट्रेलिया बस्दै भएका छन् । उनको मानसिक सन्तुलन ठिक नभएको बुझिएको प्रहरीले बताएको छ ।
उनी तुलसीपुर उपमहानगरपालिका ५ ‘बंगुरलाइन’ निवासी कविराज चौधरीको घरको बरण्डामा बस्दै आएका थिए ।

मृतक गुरुङको शवलाई पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले बताएको छ ।

प्रतिकृया

प्रतिकृया