राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ जिल्लाको स्वास्थ्य समृद्धिको महत्वाकांक्षि अभियान हो । तात्कालिन राप्ती उपक्षेत्रीय अस्पताललाइ स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउनुमा यहांका संघीय सांसद, नागरीक समाज, उद्योगी व्यवसायी, राजनितिक दल, सन्चारक्षेत्र एवं अधिकारकर्मिहरुको पनि अहम भुमिका रह्यो । यद्धपि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान जुन उदेशयले स्थापना भएको थियो, त्यो पुरा हुन सकेको छैन । यसमा जिल्लाकै सवै सरोकारवाला निकायको ऐक्यमत हुन सकेन । सुरुआतीका केहि महिना आन्दोलनमै विते, बांकि महिना अस्पतालको सेवा सुधारमा त अरु समय प्रतिष्ठानमा शैक्षिक कार्यक्रम सन्चालनको योजना निर्माणमा । अव प्रतिष्ठानले क्रमश गति लिन थालेको छ । गति लिनुमा कुनै एक दल, एक पदाधिकारी र एक संस्थाको हात हुने छैन । सवैको सहकार्यलेनै प्रतिष्ठानले समग्र उदेशय हाशिल गर्ने हो । अहिले प्रतिष्ठानको अवस्था के छ, भावि कार्यक्रमहरु केके छन्, कसले के भुमिका निर्वाह गरे प्रतिष्ठानले गौरवको अनुभुति गर्न सक्छ भन्ने विविध जिज्ञासाका विषयमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार प्रकाश थापा संग गरिएको कुराकानीको सारसंक्षेप ।
स्वागत छ, तपाइलाइ 

धन्यवाद, तपाइ अनि हाम्रो पनि सुभेच्छुक अनलाईन परीवारलाइ पनि ।

उपक्षेत्रीय अस्पताल हुंदा र प्रतिष्ठान हुदाको स्वास्थ्य सेवामा के पृथकता ल्याउनु भो ?

हामीले गर्ने भनेको प्रार्थमिक दायित्व भनेको स्वाश्थ्य सेवामा गुणस्तरीयता हो । त्यसपछि नेपाल सरकारले निशुल्क गरेका विभिन्न कार्यक्रमलाइ सहयोगी भुमिकाका रुपमा कार्यन्वयन गर्ने पनि हो । त्यस अनुरुप हामीले अस्पतालमा विशेषज्ञ सेवालाइ क्रमश विस्तार गर्दै पनि लगेका छौं । हामीले अहिले तेह्र वडा विभाग चलाएका छौं, विभिन्न विशेषज्ञ चिकित्सकबाट । अस्पतालमा अत्याधुनिक प्रयोगशाला सन्चालनमा आएको छ । आंखा, दात, जिरेटिक वार्ड, ओसिएमसी, पोषण पुर्नस्थापन गृह, आधुनिक आकस्मीक कक्ष, आइसियु, एनआइसियु, भेण्टिलेटर, सिटि स्क्यान सेवा, हेमोडायलायसीस सेवा, पैसा नहुनेहरुकालागी सामाजिक सेवा इकाइ लगायतका सेवा दिइरहंदा हामीले विरामीको फ्लो पनि बढिरहेको हामीले पाएका छौं । अव हाम्रो प्लान भनेको एमआर आइ सेवा सन्चालन गर्ने, न्युरो सर्जरी, युरो सर्जरी तथा कार्डियो सर्जरीको पनि तत्काल विशेषज्ञ सेवा उपलव्ध गराउने तर्फ हुने छ । त्यसकालागीप्रक्रिया समेत अघि बढिसकेको मैले तपाइकै पत्रिका मार्फत आम सेवाग्राहिहरुलाइ अवगत गराउन चाहन्छु ।

अस्पताललाइ स्तरबृद्धि गरी थप वेड बनाउन संघिय सरकार एवं प्रदेश सरकारले पनि प्रार्थमिकता प्राप्त योजनामा राखेको छ । तपाइहरुले यो तर्फको प्रक्रिया कहांसम्म पु¥याउनु भो ?
हो हामीले त प्रतिष्ठान गठन भएदेखिनै यो प्रक्रिया थालेका हौं । विविध समस्याका कारण अहिले सम्म प्रक्रिया अन्तिम टुंगोमा पुग्न सकेको छैन । हामीसंग अहिलेनै २ सय वेड क्षमताको अस्पताल छ । अव हामीले थप्नुपर्ने भनेको ४ सय वेड हो । त्यसकालागी हामीले प्रोजेक्ट प्लान बनाएर स्थास्थ्य मन्त्रालयमा पठायौं । स्वास्थ्य मन्त्रालयबाट पनि त्यो प्लान स्वीकृत भएर राष्ट्रिय योजना आयोगमा पुगेको छ । राष्ट्रिय योजना आयोगले अनुमोदन गरी अर्थ मन्त्रालयमा पठाउन बांकि छ । संभवतः योजना आयोगले हाम्रो फाइल स्वीकृत गरी अर्थमन्त्रालयमा पठाएपछि त्यो फाइललाइ अर्थमन्त्रालयले अध्ययन गरेर बजेट सुनिश्चित गर्ने छ । त्यसपछि हाम्रो प्रोजेक्ट प्लान अनुसार ठेक्का प्रक्रिया अघि बढ्ने छ भन्नेमा हामी आशावादी छौं । संभवतः यी प्रक्रियाहरु फटाफट हुने छन् भन्नेमा हामीलाइ पुर्ण विश्वस्त बनाउन यहांका राजनितिक दल, नागरीक समाज, उद्योगी व्यवसायी, स्थानियप्रशासन एवं यहांबाट प्रदेश सभा र प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरुको पनि पुर्ण रुपमा साथ र सहयोग हुने छ भन्नेमा पनि हामीहरु पुर्ण विश्वस्त छौं ।

सवै भन्दा महत्वपुर्ण पाटो भनेको प्रतिष्ठानकालागी आवस्यक जग्गा प्राप्ती हो, यो विषयमा किन ढिलाइ भैरहेको छ ?
हो, यस अघि जग्गा प्राप्तीकालागी प्रतिष्ठान व्यवस्थापनले धेरै प्रयास गर्यो । जहां विकल्प देखिनछन्, त्यहां केहि विरोधका आवाजहरु पनि आए । तर पछिल्लो समयमा हामीले उपयुक्त विकल्प सहितको जग्गा प्राप्तीको प्रस्ताव संबन्धित निकायमा पठाइसकेका छौं । हामीले नवलपुरमा प्राप्त गर्ने भनेको जग्गा वनक्षेत्र पनि रहेका कारण वन विभाले पनि आवस्यक प्रक्रिया खोज्नु स्वाभाविक पनि हो । तर अव जग्गा सहजीकरण समितिले त्यसलाइ पनि अन्तिम टुंगोमा पु¥याउन प्रतिवद्ध छ । प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समिति, जिल्लाका प्रमुख राजनितिक दल, नागरीक समाज, सन्चार क्षेत्र लगायत सवैको सदुभाव र सहकार्यले जग्गा प्राप्तीको अभियानलाइ पनि मुर्त बनाउन थालेको हामीलाइ अनुभुति भएको छ । यहांबाट हुने संपुर्ण प्रक्रियालाइ पुरा गराउनकालागी मालपोत कार्यालयको पनि अहम भुमिका रहन्छ । अहिले मालपोत प्रमुख विरामी हुनुहुन्छ, उहां निको हुनासाथ सवै प्रक्रियालाइ फास्ट ट्र¥याकबाट अघि बढाए जग्गा प्राप्तीको अभियानलाइ पनि अन्तिम टुंगोमा पु¥याइने छ भन्नेमा हामीहरु पुर्ण विश्वस्त छौं ।

प्रतिष्ठान त सवैको अपनत्व हुनुपथ्र्यो, तर यसमा राजनितिक दलहरुको ऐक्यवद्ध रुपमा सहयोग नभएर राजनिति गरेको पनि देखियो नी ?

सुरुआतीका चरणमा के के भए हामीलाइ आधिकारीक जानकारी छैन । तर पछिल्लो समयमा राजनितिक दलहरुबाट पनि हामीले निकै साथ पाएका छौं । किनकि यो सवैको साझा समृद्धिको विषय पनि हो । प्रतिष्ठानको उन्नयन हुनु कुनै एक राजनितिक दलको जस होइन, यसमा सवैले सहकार्य गर्न उत्तीकै आवस्यक छ । यो साझा समृद्धिको अभियानलाइ पुरा गर्न राजनितिको सिद्धान्तबाट माथि उठेर सहकार्यको वातावरण सृजना गर्नुपर्दछ भन्ने मलाइ लाग्दछ । त्यसैले मैले फेरी पनि आग्रह गर्दछु कि यहांका राजनेताहरुको पुर्ण साथ र सहयोग भएन भएन भने प्रतिष्ठानले गन्तव्यमा पुग्न सक्ने छैन । मतक्यता जाहेर गर्नु सर्वोत्तम विकल्प हो । फरक मतले प्रतिष्ठानले गति लिन सक्दैन ।

प्रतिष्ठान सन्चालनमा आएको पांचौ बर्ष प्रवेश गरीसकेको छ, यसबीचमा शैक्षिक कार्यक्रम पनि तपाइहरुले थाल्नुपर्ने होइन र ?

हो, हामीले यहि शेसानमा शैक्षिक कार्यक्रम सन्चालन गर्ने अन्तिम तयारी गरीसकेका थियौं । प्रोफेसर नियुक्ती, लेकचरर नियुक्ती, पाठ्यक्रम निर्माण, प्रयोगशाला निर्माण, पुस्तकालय निर्माण, लेकचरर हल निर्माण लगायत सवै पुर्वाधार तयार गरीसकेका थियौं । तर राष्ट्रिय चिकित्सा आयोगको स्थलगत अनुगमन सम्यन्त्रले हामीलाइ यो शेशनकालागी स्वीकृती दिएन । किन दिएन भन्नेमा हामीहरु पनि आश्चर्यमा छौं । यसमा यहांका राजनेताहरु पनि गम्भीर हुनुहने छ भन्नेमा हामी आशावादी पनि छौं । हामीले यो शैक्षिक सर्तमा विएससी नर्सिङ र विएन कार्यक्रम सन्चालनकालागी पुर्ण तयारी गरेका थियौं, तर स्वीकृत नपाउदा हुन सकेन । मलाइ लाग्छ, अर्को शेसनमा यी दुवै शैक्षिक कार्यक्रमहरु सन्चालनमा आउने छन् । त्यसपछि हामी एमडिको शैक्षिक कार्यक्रममा जाने छौं, अनि मात्र एमविविएस कक्षा सन्चालन हाम्रो ध्येय हो । त्यसकालागी हामीले अझै थुप्रै भौतिक पुर्वाधारहरु निर्माण गर्नुपर्ने छ । हामीहरु त्यसैकालागी दौडधुपमा छौं । गुणस्तरीय श्वास्थ्य सेवा अनि गुणस्तरीय मेडिकल शिक्षा प्रतिष्ठानको गन्तव्य हो ।

यी सवथोक गरीरहंदा तपाइहरुलाइ ठुलो आर्थिक अनुदानको पनि आवस्यक पर्छरु त्यसकालागी केहि पहल भएको छ ?

गुणस्तरीय स्वास्थ्य सेवाकालागी हामीले आफ्नै संस्थागत इन्कम जेनरेट गर्नुपनि पर्ने छ । किनकि हामी पुर्ण सरकारी नभएर स्वायत्त संस्था पनि हौं । त्यो काम गर्नकालागी हामीले विरामीको फ्लो बढाउने हो । अघिल्लो आर्थिक बर्षको तुलनामा यो आर्थिक बर्ष हामीले विरामीको फ्लो पनि बढाएका छौं । अर्थात यो बर्ष कम्तिमा ६० प्रतिसत विरामी थपिएका छन् । यसले हाम्रा स्टाफ चिकित्सकलाइ पारीश्रमिकको जोहो हुन सकछ । अन्य भौतिक निर्माणकालागी त केन्द्रिय सरकार वा दात्रिनिकायको सहयोगनै हो । हामीले त्यसकालागी पनि पहल निरन्तर जारी राख्ने छौं ।

यो समयसम्म त प्रतिष्ठानको सिनेट बस्नु पर्ने थियो, तर किन ढिला भैरहेको छ

हाम्रा कुलपनि सम्माननिय प्रधानमन्त्री शेरवहादुर देउवा अहिले चुनावी माहौलको व्यवस्थापनमा व्यस्त भएका कारण सिनेट सभाको समय मिलेको छैन । हामीले सिनेटमा लैजाने प्रतिवेदन निर्माणको अन्तिम तयारी गरेका छौं । यद्धपि प्रधानमन्त्रीज्युले अहिले समय दिने अवस्था देखिंदैन । सायद चुनाव पछि मात्रै प्रतिष्ठानको सिनेट सभा हुने छ ।

प्रतिकृया

प्रतिकृया