तुलसीपुर,
१२ -असोज/ रुकुमबाट करिब डेढ वर्ष अहिले दुईदिनको शिशुसहित आमालाई दाङको तुलसीपुरमा रहेको मानव सेवा आश्रममा ल्याईयो । आश्रममा ल्याए सकेपछि ती शिशुको नाम आशा राखियो । अहिले आशा करिब दुईवर्षकी भईन । आशालाई उनकी आमाले रुकुमको एक जंगलमा जन्म दिएकी हुन् । मानसिक सन्तुलन गुमेपछि सडकपेटीमा बस्दै आएकी आशाकी आमालाई परिवारले पनि वास्ता गरेन् । त्यसपछि उनी सडकपेटीमै बस्दै गर्दा गर्भवती भईन् । गर्भवती भएको बेला पनि उनलाई दुव्र्यवहार भएपछि उनी जंगलमा गइन् र जंगलमै छोरीलाई जन्म दिईन । जंगलमा बच्चासहित आमालाई देखेपछि घाँस दाउँरा गर्न गएका स्थानीयले उनलाई रुकुम प्रहरी, ओरेक नेपाल रुकुममा खवर गरे । प्रशरी प्रशासन र ओरेको सहयोगमा दाङमा रहेको मानवसेवा आश्रममा आमाछोरीलाई ल्याईएको हो । भविष्यमा मानव सेवाको लागि उनले पनि राम्रो काम गर्न सक्छिन् भन्ने आशाले आश्रममा शिशुको नाम (आशा) राखिएको हो । अहिले आशा आश्रममा बस्दै आएका सबैबाट बुवाआमा, दाजुभाई सबैको मायासहित स्याहार सुसार पाउँछिन् ।
तुलसीपुर बसपार्कबाटै एक मनोरोगी महिलालाई मानव सेवा आश्रमले एक वर्ष पहिले उद्धार गर्यो । आश्रममा ल्याएर उनलाई चेकजाँच गर्नेक्रममा उनी गर्भवती भएको थाहा भयो । केही पहिनापछि उनले आश्रममै छोरालाई जन्म दिईन् । मानव सेवाको लागि उनले पनि भविष्यमा केही गर्न सक्छन् भन्ने आशाले उनको नाम ‘भरोसा’ राखिएको छ । अहिले आमाछोरा नै आश्रममै शुरक्षित तरिकाले बस्दै आएका छन् । सल्यानकी एक महिलालाई पनि वसपार्कमा काखको छोरासहित अस्तव्स्त अवस्थामा थिईन् । बच्चा साथमा भएको तर जाँड, रक्सी खाएर सडकपेटीमै बस्दै गरेको अवस्थामा उनका छोरा लक्ष्मणसहित आमालाई उद्धार गरेर आश्रममा ल्याईएको हो । लक्ष्मण पनि अहिले आश्रममै हुर्किरहेका छन् ।
यी त उदाहरणका पात्रमात्र हुन अहिले मानव सेवा आश्रमको दाङसहित देशका विभिन्न १९ वटा जिल्लाका २५ वटा शाखामा ४१ जना वालबालिका हुर्किदै आएका छन् । त्यसैगरी आश्रममा अहिले १६०० व्यक्ति आश्रित रहेको मानव सेवा आश्रमका महासचिव सुशिला केसीले जानकारी दिईन । नाना, छाना, खानाबाट पञ्चित भएर सडकमा वेवारिसे अवस्थामा बस्दै आएका मनोरोगी, अशक्त, असाह्य व्यक्तिहरुलाई आश्रमले आश्रय दिंदै आएको छ । तर दाङ शाखामा आश्रमको लागि आफ्नै जग्गा र भवन नहुँदा महंगो भाडा तिरेर बस्नु पर्ने अवस्था छ ।
शुभकामना आदान प्रदान कार्यक्रम
यसैबीच मानव सेवा आश्रम तुलसीपुरमा विजया दशमी तथा दिपावलीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । मानव सेवा आश्रमका महासचिव सुशिला केसीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काको प्रमुख आतिथ्यतामा शुभकामना आदान प्रदान कार्यक्रम बुधबार सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि मेयर खड्काले आफुले उपमहानगरपालिकाको साधारण सभाबाट मानव सेवा आश्रमका लागि करिब नौ लाख बजेट छुट्याएको बताउँदै आगामी दिनहरुमा पनि सहयोग गर्ने प्रतिवद्धता जनाए । मानव सेवा आश्रमले नाना, छाना, खानाबाट पञ्चित भएर सडकमा बसोबास गर्दै आएका व्यक्तिहरुको उद्धार गरेर आश्रय दिएको बताउँदै यस्तो काम सबैले गर्न नसक्ने बताए ।
मेयर खड्काले आश्रमको भवन निमार्णको लागि जग्गा खोजी गर्नुका साथै भवन निर्माणको लागि पनि आफुले सहयोग गर्ने बताए । आफ्नै कार्यकालमा आश्रमको लागि जग्गा खोजी गर्नुका साथै भवन निर्माण गरेर आफ्नै कार्यकालमा आश्रमलाई हस्तान्तरण गर्न सके आफ्नो ठुलो उपलब्धि हुने बताए । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ का वडाध्यक्ष दुजमान भण्डारीले मानव सेवा आश्रमलाई दिगो रुपमा व्यवस्थापन गर्नका लागि आफुले सक्दो सहयोग गर्ने बताए । कार्यक्रममा अधिकारकर्मी शुष्मा गिरी, समाजसेवी बुद्धप्रकाश सिंह , हेमन्त डाँगी, नरेश राजभण्डारीलगायतका वक्ताहरुले आश्रम अहिले महंगो भाडा तिरेर सेवा दिंदै आएकाले स्थानीय सरकारले सहयोग गर्नु पर्ने बताएका थिए । कार्यक्रमको सहजीकरण सरु अधिकारी गरेकी थिइन् ।