लमही
१२-असोज/ देउखुरी डिभिजन वन कार्यालय लमहीले राप्ती गाउँपालिका –९ बाट अवैध सालका चिरान काठ बरामद गरेको छ । उक्त क्षेत्रमा अवैध काठ राखेको गोप्य सुचनाका आधारमा प्रहरी र वन अधिकारीको संयुक्त गस्ती टोलीले मंगलबार करिब ४ बजेतिर ९४ थान चिरान घप्पु बरामद गरेको देउखुरी डिभिजन वन कार्यालय लमहीका सुचना अधिकारी छोटेलाल चौधरीले जानकारी दिए ।

राप्ती गाउँपालिका-९ का वडाध्यक्ष रिम बहादुर सुनारी मगरको बारिबाट ७० थान चिरान घप्पु र दुर्योधन घर्तीको घर नजिकै चट्टा राखेको अवस्थामा २७ थान घप्पु बरामद गरिएको डिभिजन वन कार्यालय लमहीले जनाएको छ ।

वडाअध्यक्ष सुनारी मगरको बारीमा राष्ट्रिय वनबाट अवैध रुपमा सालको काठ काटी राखेको भन्ने हामीले सुचना पायौं, सुचनाकै आधारमा हाम्रो टोलीले ती काठ बरामद गरेको हो’–देउखुरी डिभिजन वन कार्यालय लमहीका डिभिजनल प्रमुख राजु क्षेत्रीले बताए ।

सबै काठ बरामद गरेर सब डिभिजन वन कार्यालय गढवामा राखेको छ । बरामद काठको बारेमा थप अनुसन्धान भैरहेको प्रमुख क्षेत्रीले जानकारी दिए । त्यस्तै गढवा गाउँपालिकाको गोबरडिहाबाट केही थान घप्पु सहित एक जना पक्राउ परेका छन् ।

प्रतिकृया

प्रतिकृया