घोराही,
१३-असोज/ दाङमा एम्बुलेन्स दुर्घटना हुँदा चालक गम्भीर घाईते भएका छन् । घाईते हुनेमा रा १ च ६९२ नम्बरका एम्बुलेन्स चालक घोराही उपमहानगरपालिका वडा नं. ६ का ३४ वर्षीय भुप बहादुर वली रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

बिहीबार बिहान ९ बजेको समयमा रोल्पाको होलेरीबाट दाङ तर्फ आउँदै गरेको एम्बुलेन्स घोराही उपमहानगरपालिका वडा नं. १९ च्यानगैरामा दुर्घटना भएको थियो । एम्बुलेन्स सडक देखि करिब २० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजन कुमार गौतमले जानकारी दिए ।

डिएसपी गौतमका अनुसार चालकलाई टाउँको, हात, खुट्टामा चोट लागेको छ । एम्बुलेन्समा चालक मात्रै भएकाले अन्य मानविय क्षती भएको छैन् । चालकको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भई रहेको छ ।

प्रतिकृया

प्रतिकृया