बझाङ
२ कार्तिक / बझाङमा जिप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । बुधबार सदरमुकाम चैनपुरबाट मष्टा गाउँपालिका-२ खेतकोट जाँदै गरेको सु.प.प्र ०१–००१ ज ११७ नम्बरको जिप दुर्घटना भएको हो ।

अहिलेसम्म पाँच जनाको शव फेला परेको मष्टा गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष रामचन्द्र रोकायाले जानकारी दिएका छन । मृतकको सनाखत हुन बाँकी रहेको रोकायाले बताए । जिपमा कति जना सवार थिए भन्ने एकीन भएको छैन ।

घाइतेहरूको उद्धार गरी जिल्ला अस्पताल सिमखेतमा पठाउने काम भइरहेको उनले बताए । जिल्ला सदरमुकाम चैनपुरमा लाग्ने सिलदेवी मेला हेरेर फर्किँदै गरेका यात्रु चढेको जिप दुर्घटनामा परेको हो । जिप सडकबाट २ सय मिटर तल खसेर भीरमा अड्किएको छ । स्रोत: शिलापत्र

प्रतिकृया

प्रतिकृया