तुलसीपुर
२-कार्तिक/ तुलसीपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बुधबार दिउँसो करिब ३ बजेतिर तुलसीपुर उपमहानगरपालिका १० पड्ढा निवासी ३१ वर्षिय तिलक केसीको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

घरबाट बिजुलीको लाइन जोडेर कुलोबाट खेतमा सिंचाई गर्ने क्रममा करेन्ट लागेर केसीको मृत्यु भएको प्रहरीले बताएको छ ।

प्रतिकृया

प्रतिकृया