दाङ,
३-कात्तिक/ चुनावको मिति नजिक आउदै गर्दा चुनावी चहल पहल बढेको छ । दलका उम्मेदवारले गाउँरगाउँमा प्रचारको कामसुरु गरेसंगै चुनावी चहल पहल बढेको हो । चुनाव प्रचार प्रसारका क्रममा गाउँ पुग्ने उम्मेदवारसंग अधिकासं मतदाताले गाउँको विकास गर्न माग गरेका छन् । घोराही उपमहानगरपालिका १९ सैघा र तोष पुगेका प्रतिनिधी सभा सदस्यका उम्मेदवार रेखा शर्मा र प्रदेश सभासदस्यका उम्मेदवार राजु खनालसंग मतदाताले गाउँको बिकास नै अहिलेको आवश्यकता भएको बताएका थिए । खानेपानी, सडक, विद्युत, स्वास्थ र विद्यालयको भौतिक पुर्वाधारको समस्या प्रमुख भएको भन्दै यस्ता समस्या समाधान गरिदिन आग्रह गरेका हुन

घोराही उपमहानगरपालिका भित्रको वडा भएपनि एक गाग्रो पानी लिन दिनभर लाग्ने ठाउँ भएकोले यो भेगका नागरिकलाई खानेपानी उपलब्ध गराउन स्थानिय मोहन बुढाले आग्रह गरे  ‘घोराही सिमेन्ट र सोनापुर सिमेन्टको चुनढुङ्गा बोक्ने टिप्पपरले सहिदमार्ग भत्काएर छियाछिया बनाएकोले उक्त सडक मर्मत सम्भार गरि संचालन गर्नुपर्छ बुढाले भने–हाम्रा बालबच्चा स्कुल जान दैनिक एकर दुई घन्टा पैदल हिड्नु पर्ने बाध्यता छ, खै हाम्रा कुरा कसैले सुन्ने स्थानीय सहवीर पुनले भने’। हामीलाई के थाहा बिकास कुनबाटो आउछ कुन बाटो जान्छ पुनले भने। ५/५ बर्षमा आउने उम्मेदवारसंग कति आश गर्नु उनले थपे । यस पटक हामी उम्मेदवारलाई जिताएर पठाउँछौ तर गाउँको बिकास गर्ने सर्तमात्रै हो पुनले भने ।

त्यस अबसरमा बोल्दै प्रदेशसभा सदस्य उम्मेदवार राजु खनानले मसिरको ४ गते हुने चुनावमा जित भए नभए पनि गाउँको विकास गर्ने बताए । प्रतिनिधी सभा सदस्यका उम्मेदवार रेखा शर्माले आफु संसदमा रहदा सैघा स्युजाको बिकासका लागि लाखौं रुपैया बजेट विनियोजित गरेको धारणा राखिन् । आफु सरकार रहदा सैघा, स्युजा जनतालाई सबैभन्दा फाइदा पुगेको भन्दै ग्रामीण क्षेत्रको बिकास गर्नु यसपालिको चुनावी एजेन्डा भएको बताइन । त्यसकारण गाउँको बिकास गर्न पनि हसिया हतौडा र रुख चिन्हमा मतदान गर्न मतदातालाई आग्रह गरिन् ।

प्रतिकृया

प्रतिकृया