देश बनाउन स्पष्ट नीति र नेतृत्व चाहिन्छ : पोख्रेल
घोराही
५-कार्तिक/ नेकपा एमालेका महासचिव एवं दाङ निर्वाचन क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्यका उम्मेदवार शंकर पोख्रेलले देश समृद्ध बनाउन स्पष्ट नीति र सक्षम नेतृत्व आवस्यक रहेको बताएका छन् । मटावा तथा थारु अगुवाहरुसँग शनिवार घोराहीमा गरिएको छलफल कार्यक्रममा बोल्दै पोख्रेलले भिजनसहितको नेतृत्वले नै देशलाई समृद्धितर्फ लैजाने बताए ।
‘हिजो व्यवस्था परिवर्तनका लागि सबै दल मिलेर काम गर्नुपर्ने अवस्था थियो । तर अहिले समृद्धि ल्याउनुछ महासचिव पोख्रेलले भने ‘ समृद्ध देश र सुखी नेपालीको सपना मिलीजुली सरकारले सम्भव छैन । वलियो एकल सरकार चाहिन्छ । यो भूमिका खेल्ने नीति र नेतृत्व एमालेसँग छ ।’
एमालेको एजेण्डा देशको विकास र जनतामा समृद्धि ल्याउने भन्दै पोख्रेलले त्यसको नेतृत्व केपी वलीले गर्ने बताए । हामीले समृद्ध राष्ट्र र सुखी नेपालीको एजेण्डा स्पष्टै भनिसकेका छौ र त्यसको नेतृत्व भावी प्रधानमन्त्रीकारुपमा अध्यक्ष केपी शर्मा ओलीलाई अघि सारिसकै छौ पोख्रेलले भने ‘एमाले खुला भएर जनतामा पुगेको छ । बहुमत लिएर देशको नेतृत्व गर्नेछ ।’
एमालेले देशको नेतृत्व गर्दा के भयो भन्ने कुरा घामजस्तै छर्लङग रहेको उल्लेख गर्दै पोख्रेलले काम गर्न सक्नेलाई नै जनताको साथ हुने विश्वास व्यक्त गरे । दाङवासीले पनि कसले भूमिका खेल्न सक्छ भन्ने कुरा स्पष्टै बुझिसकेको उल्लेख गर्दै उनले जति धेरै विश्वास दाङवासीको हुन्छ त्यतिनै राष्ट्रिय राजनीतिमा भूमिका बढ्ने बताए । थारु समुदायमा रहेको सामुहिकता र परिश्रमले दाङ उर्वर बनेको हो महासचिव पोख्रेलले भने ‘त्यो सामुहिकता र परिश्रम अब देश निर्माणमा लगाउनुपर्छ । त्यसको सुरुवात दाङबाटै हुन्छ ।’
उनले गरिवी, पछौटेपनलाई हटाउन नेतृत्वले कार्यक्रम ल्याउने स्वयं समुदायले त्यसको कार्यान्वयनमा ध्यान दिनुपर्नेमा जोड दिए । थारु समुदायसँग जोडिएको कृषिलाई आधुनिकीकरण गर्ने, परम्परागत सीपलाई व्यवसायिक गर्ने, शिक्षा, रोजगार र उद्यममा जोडिनेगरी कार्यक्रम ल्याउने उनले बताए । दाङमा मटावाहरुको साझा घर निर्माण, मातृभाषामा शिक्षाका लागि भूमिका खेल्ने पोख्रेलले प्रतिवद्धता जनाए ।
सो अवसरमा नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं दाङ इन्चार्ज नरुलाल चौधरीले समुदायको समग्र विकासका लागि नेतृत्व चुन्ने बेलामा ध्यान दिनुपर्ने बताए । ‘कसले भूमिका खेल्न सक्छ भन्ने कुराको हेक्का हामी सबैले राख्नुपर्छ चौधरीले भने‘ राष्ट्रिय व्यक्तित्वलाई स्थापित गर्दा नै दाङ र दाङवासीको हित हुन्छ । यसमा कुनै कन्फ्यूज्ड हुनुहुदैन । ’
घोराही उपमनपा–७ का अगुवा तथा मटावा रामबहादुर चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा मटावाहरु चुरामणी चौधरी, सहदेव चौधरीलगायतले नेतृत्व स्थापित गर्न आफूहरु तयार रहेको र नेतृत्वले पनि थारु समुदायको हितका लागि निरन्तर भूमिका खेल्नुपर्नेमा जोड दिए । कार्यक्रममा थारु कल्याणकारीणीसभा दाङका पूर्वअध्यक्ष चेतमान चौधरीले थारु समुदाय, मटावाप्रथाको संरक्षण र विकासका लागि माग राख्दै महासचिव पोख्रेललाई ज्ञापनपत्र बुझाएका थिए ।
टोल टोलमा पोख्रेल
दाङ निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार एवं नेकपा एमालेका महासचिव शंकर पोख्रेल टोल टोलमा पुगेका छन् । घोराही उपमहानगरका विभिन्न टोलमा पैदलै मतदाता भेटने र सुझाव लिने काममा पोख्रेललाई यतिबेला भ्याइ नभ्याई छ । शनिवार विहानै घोराही–१४ को जनचेतना र लालीगुराँस टोलमा भेटिनु भएका पोख्रेलले साप्ताहिक टोल सरसफाईमा रहेका मतदाताह?सँग भलाकुसारी गरेका छन् ।
विहान सरसफाईकै क्रममा थियौं महासचिव हामलाई भेटन आउनुभयो जनचेतना टोल घोराही–१४ का अध्यक्ष देवीराम न्यौपानेले भने ‘ हामीले शुभकामना दिएका छौं । घर टोलमै भेटन आउनेलाई कस्ले सम्मान नगर्ला र ? हामी खुशी छौं । टोलमै भेट्न आएपछि लालीगुराँस टोलका मतदाताहरुले पनि पोख्रेललाई जितको अग्रीम शुभकामना दिएका छन् ।
‘हामी त झाडुसँग सरसफाईमा छौ आउनुभयो राम्रै भयो लालीगुराँस टोलकी अध्यक्ष जीवा दाहालले भनिन‘ हाम्रो तपाईलाई जीतको शुभकामना छ ।’ टोल सरसफाईमा सहभागी टोलवासीले पोख्रेलाई जीतको अग्रीम शुभकामना दिए । सडकमै उभिएर फोटो सेसनसमेत गरेका थिए । पोख्रेललाई निर्वाचन क्षेत्रका विभिन्न टोलबाट भेटका लागि निमन्त्रणा आइसकेको चुनावी नेतृत्व गरेका एमाले दाङका सचिव मनोहर बुढाथोकीले वताए । टोल भेटघाटमा भेटिएका सबैजसोले पोख्रेललाई गुमेको राजधानी दाङ ल्याएकोमा धन्यवाद ज्ञापन गरेका छन ।
बंगलाचुली ८ मा पार्टी प्रवेश
बंगलाचुली गाउँपालिमा वडा न ८ मा नेपाली काँग्रेस र नेकपा माआवादी केन्द्र छोडेर ४७ जना नेकपा एमालेमा प्रवेश गरेका छन् । सनिवार भएको कार्यक्रममा नेपाली काँग्रेस वडा सदस्य दुर्गाबहादुर खत्री, स्थानीय तहको चुनावमा काँग्रेसबाट दलित सदस्य उम्मेदवार निमादेवि नेपाली लगायत ४७ जना एमालेमा प्रवेश गरेका हुन । उनिहरुलाई नेकपा एमाले दाङ क्षेत्र न २(१)का उम्मेदवार बलिभद्र राना, प्रदेश कमिटि सदस्य भेषराज खत्री र नेकपा एमाले दाङका स्कुलविभाग प्रमुख विवेक श्रेष्ठले पार्टीमा स्वागत गरेका थिए ।
तुलसीपुर १६ मा चुनावी सभा
तुलसीपुर उपमहानगरपालिका वडा न १६ मा चुनावी सभा सम्पन्न भएको छ । सभालाई नेकपा एमाले महासचिव तथा दाङ क्षेत्र न २ का प्रतिनिधिसभा उम्मेदवार शंकर पोख्रेल, २(२)का प्रदेशसभा उम्मेदवार गिरिराज केसी, नेकपा एमाले प्रदेश कमिटि सदस्य तुल्सा केसी, ध्रुव आचार्य, जिल्ला कमिटि उपसचिव हिरादेवि पुन र अमर खडका लगायतले संवोधन गरेका थिए । वडा कमिटि अध्यक्ष प्रेमबहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण वडा कमिटि सचिव नारायण बस्नेतले गरेका थिए ।