बुटवल
१७-कार्तिक/ रुपन्देहीमा २ किशोरीमाथि सामुहिक बलात्कार गरेको आरोपमा ९ जना पक्राउ परेका छन् । जिल्लाको कञ्चन गाउँपालिका-२ गोफ्लापुरमा १५ र १६ बर्षीया किशोरीलाई बुधबार राति अपहरण गरी बलात्कार गरेको आरोपमा ९ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

प्रवक्ता अर्यालका अनुसार पक्राउ पर्नेमा सैनामैना नगरपालिका-१० निवासी १८ वर्षिय बबि पाण्डे, २६ वर्षीय रामबहादुर बिक, सैनामैना-११ बनकट्टि निवासी १९ वर्षीय पदम कार्की र गैडहवा गाउँपालिका-८ निवासी १८ वर्षीय राहुल परियारलगायत रहेका छन् ।

बुधबार गाउँमा लागेको सांस्कृतिक कार्यक्रम हेरेर फर्कने क्रममा ती किशोरीहरुलाई १०/१२ जनाको समूहले गैडहवा गाउँपालिका-२ कुलीचौरस्थित कञ्चन खोलाको बगरमा सामूहिक बलात्कार गरेको प्रहरीको भनाइ छ ।

घटनामा संलग्न अन्यको खोजी भइरहेको र पक्राउ परेकाको बयानका आधारमा घटनामा संलग्न अन्यको पहिचान खुल्ने प्रहरी प्रवक्ता अर्यालले बताए ।

प्रतिकृया

प्रतिकृया