तुलसीपुर
१९ कार्तिक/ दाङको दंगीशरण गाउँपालिका वडा नं. ६ थपगाउँका १४ बर्षीय शरद आचार्य र तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ दमारगाउँ निबासी १५ बर्षीया रोशनी महतराको हत्याले नयाँ मोड लिएको छ।

उनीहरुको मृत्यु बँदेल मार्न थापेको बिद्युतिय धरापमा परेर भएको पुष्टि भएको प्रहरीले बताएको छ। घटनाको विषयमा आज ३ बजे ईलाका प्रहरी कार्यालय तुलसीपुरले पत्रकार सम्मेलन मार्फत सार्बजनिक गर्ने भएको छ। घटनामा संलग्न ४ जनालाई पक्राउ गरेको छ। उनीहरुले शव ब्यबस्थापन गर्नका लागि प्रयोग गरेको बस्तु र खनेर पुरेको स्वीकार गरि सकेका छन् ।

प्रतिकृया

प्रतिकृया