रुपन्देही,
२१-कात्तिक/ रुपन्देहीको देवदहमा एक दम्पती मृत फेला परेका छन् । देवदह नगरपालिका वडा नम्बर ५ पाल्पाली टोलमा बसोबास गर्दै आएका ३६ वर्षीय बालेन्द्र जोल्मी मगर र उनकी श्रीमती ३२ वर्षीय हेमकला जोल्मी मगर आफ्नै घरमा सोमबार बिहान मृत भेटिएका हुन् ।

कोठामा ढोका भित्रबाट चुकुल लागेको अवस्थामा उनिहरुको शव फेला परेको प्रहरीले जनाएको छ  देवदह प्रहरी चौकी प्रमुख रहेका प्रहरी निरीक्षक गंगाबहादुर सारुले हेमकला भुईंमा पल्टिएको र बालेन्द्र झुण्डिएको अवस्थामा फेला परेको बताए । बुटवलको प्रहरी टोली घटनास्थल पुगेपछि मात्र ढोका खोलेर घटनाको अनुसन्धान सुरू गर्ने प्रहरीले जनाएको छ । घटनाको प्रकृति हेर्दा श्रीमानले श्रीमतीको हत्या गरि आफूले आत्महत्या गरेको देखिएको प्रहरीले जनाएको छ ।

वैदेशिक रोजगारीमा रहेका बालेन्द्र चार दिन अघि मात्रै घर फर्किएका थिए । आइतबार साँझसम्म पारिवारिक कलह, झै(झगडा केहि थाहा नभएको स्थानीयले बताएका छन् । बालेन्द्र र हेमकलाका ८ वर्षीय छोरा आइतबार राती आफन्तको घरमा सुत्न गएको र बिहान घर आउँदा ढोका लागेको देखेर झ्याबाट हेर्दा आमा भुईंमा पल्टिएको र बुवा झुण्डिएको देखेपछि छिमेकीलाई खबर गरेका थिए ।

प्रतिकृया

प्रतिकृया