रोल्पा
२१-कार्तिक/ रोल्पामा छोराले बुवाको हत्या गरेका छन् । त्रिवेणी गाउँपालिका–४ निवासी २३ वर्षीय सन्दीप घर्तीले पिर्काले हानेर ५४ वर्षीय बुवा मानसिंह घर्तीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

सोमबार बिहान ९ बजेतिर घरको भान्सा कोठामा बसेर जाँडरक्सी खाइरहेका उनीहरुबीच घरायसी कुरामा विवाद हुँदा सन्दीपले पिर्काले हानेका थिए । काठको पिर्काले टाउकोमा हान्दा मानसिंहको घटनास्थलमै मृत्यु गएको थियो । सन्दीपलाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिकृया

प्रतिकृया