दाङ
२१-कार्तिक/ यस क्षेत्रका आम व्यवसायीहरुको छाता संगठन तुलसीपुर उद्योग बाणिज्य संघको समन्वय र सहकार्य बिना व्यवसायिक मेला महोत्सवको कल्पना समेत गर्न नसकिने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।
मेला संग प्रत्यक्ष सरोकार राख्ने सम्बन्धित व्यवसायीहरुको सहमति बिना यस क्षेत्रमा कुनैपनि मेला महोत्सवहरुको कल्पना पनि गर्न नसकिने प्रष्ट पारिएको छ । त्यसमा पनि उद्देश्यविहिन र अपार्दर्शि तरिकाले आयोजना गर्ने मेला महोत्सव सञ्चालनमा रोक लगाउन समेत गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासनहरुलाई परिपत्र गरिसकेको सन्दर्भमा कुनै पनि क्लबको नाममा आयोजना हुने व्यवसायीक मेला महोत्सव प्रति हाम्रो बिमति रहेको छ ।
सम्बन्धित स्थानिय सरकार र जिल्ला प्रशासन कार्यालय मार्फत उद्देश्यविहिन तरिकाले व्यक्तिगत मुनाफा आर्जन गर्नका लागि आयोजना हुने मेला महोत्सव रोक्न समेत आमव्यवसायीको तर्फबाट अनुरोध गरेको छ । समाजिक उद्देश्यसहितको व्यवसायीक महोत्सव, कृषि प्रदर्शनी र स्थानिय उत्पादनलाई बजारिकरण गर्न व्यवसायीक महोत्सव सम्बन्धित व्यवसायीक संघ संस्थाहरुले आयोजना गर्ने बताइएको छ ।
त्यसबाहेक उद्देश्य सहितका सांस्कृतिक कार्यक्रमहरु, बिषयगत जुत्ता मेला, अटो मोबाईल, आईटि प्रदर्शनी, धार्मिक महोत्सव र कला संस्कृतिको जगेर्ना गर्ने गतिबिधिहरु सहितका कार्यक्रमहरु बढिमा तिन अथवा पाच दिनसम्मका प्रदर्शनीहरु अन्य संस्थाहरुले विधानमा उल्लेख भएको खण्डमा स्थानिय सरकारको अनुमतिमा मात्रै सञ्चालन गर्न पाउने छन्, गृहमन्त्रालयले जारी निर्देशनमा उल्लेख गरिएको छ ।
त्यस्तै तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे र महासचिव बिनिल केसिले व्यवसायी संगको संयुक्त बैठकपछि बिज्ञप्ति जारी गरी हचुवाको भरमा स्थानिय निकाय र जिल्ला प्रशासनले उद्देश्य बिहिनका क्लबहरुलाई मेला सञ्चालनको अनुमति दिदा व्यवसायीले हैरानि ब्यहोर्नु परेको उल्लेख गरिएको छ ।
तुलसीपुरको बसपार्कमा पन्ध्र दिनदेखि जारी मेला सञ्चालनका सन्दर्भमा स्थानिय सरकारको रुपमा रहेको तुलसीपुर उपमहानगरपालिका र स्थानिय प्रशासन मुखदर्शक बनेको भन्दै आपत्ति प्रकट गरिएको छ ।
हामिले सुन्दै छौ बेमौसममा फेरि अर्को मेला लगाउने तयारी एउटा क्लबले गरिरहेको छ, व्यवसायीहरुको मर्कालाई अटेरी गरि एकलौटी हिसाबले मेला सञ्चालन हामीले कुनै पनि हालतमा गर्न दिने छैनौ, व्यवसायीक महोत्सव गैर व्यवसायीक संस्था वा क्लबले लगाउन छुट नभएको समेत बिज्ञप्तिमा उल्लेख गरिएको छ ।