बंगलाचुली,
२४-कात्तिक/ दाङको बंगलाचुलीको बोजपोखरामा गठबन्धन दलले विशाल जनसभा गरेका छन् । सभालाई संवोधन गर्दै नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं प्रतिनिधिसभा दाङ निर्वाचन क्षेत्र नं २ कि गठबन्धनका साझा उम्मेदवार रेखा शर्माले बंगलाचुलीले विजयको यात्रा प्रारम्भ गरिसकेको बताइन ।
शर्माले बंगलाचुली क्षेत्रको विकासका लागि आफूहरूले विगत देखि नै काम गरिरहेको उल्लेख गर्दै आगामी दिनमा थप पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले महिलाले पनि देश चलाउन सक्छन् भन्ने कुराको सन्देश दिनुपर्ने धारणा व्यक्त गरिन् । प्रदेशसभा दाङ निर्वाचन क्षेत्र नं २ ९१० का उम्मेदवार राजु खनालले एमालेले प्रतिगमनकारी दलहरूको नेतृत्व गरिरहेको बताए ।
उनले संविधान र लोकतन्त्रको रक्षाका लागि गठबन्धनलाई मतदान गर्नुपर्ने धारणा व्यक्त गरे । कार्यक्रममा राष्ट्रिय सभाकी मुख्य सचेतक अनिता देवकोटा, नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश सह महामन्त्री खगराज पाण्डे माओवादी केन्द्रकी समानुपातिक उम्मेदवार एवम् पोलिटब्युरो सदस्य नारायणी शर्मा, नेपाली काँग्रेसका समानुपातिक उम्मेदवारहरू धुव्र पुन, पुष्पा श्रेष्ठ, लिला नेपालीले मन्तब्य व्यक्त गरेका थिए ।