तुलसीपुर
२४ कार्तिक/ दाङमा मौलिक जरोकिलो पार्टीबाट दाङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामचन्द्र खड्काले उम्मेदवारी फिर्ता लिंदै एमालेका उम्मेदवार शंकर पोख्रेललाई समर्थन गरेका छन् । उनले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै जरोकिलो पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेको घोषणा गरेका हुन् ।उनलाई पोख्रेलले खादा र माला लगाई पार्टी प्रवेश गराएका थिए ।

त्यसैगरी राष्ट्रिय जनमुक्ति पार्टीबाट दाङ– ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार कृष्णवीर नेपालीले पनि आफ्नो उम्मेदवारी फिर्ता लिँदै एमाले उम्मेदवार कोमल वलीलाई समर्थन गरेका छन् ।

उनले प्रेस विज्ञप्ति जारी गर्दै जनमुक्ति पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेको घोषणा गरेका छन् । नेपालीलाई एमाले महासचिव पोख्रेलले खादा र माला लगाई पार्टीमा प्रवेश गराएका थिए ।

प्रतिकृया

प्रतिकृया