यही मंसिर ४ गते प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि चुनाव हुदैछ । दाङ क्षेत्र नं.३ मा राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाको प्रत्यक्ष तर्फ कमल सुवेदीलाई उम्मेदवार बनाएको छ । सोहीअनुसार सुवेदीले टोलटोलमा चुनावी एजेण्डा लिएर घरदैलो कार्यक्रममा सक्रिय छन् । उम्मेदवार सुवेदीलाई किन भोट दिने ? उनको चुनावी एजेण्डा के-के छन् ? लगायतका सेरोफेरोमा रहेर तुलसीपुर अनलाइनकर्मीले उम्मेदवार सुवेदीसँग गरिएको कुराकानी ।
तपाईलाई स्वागत छ ?
धन्यावाद…..।
चुनाव प्रचार-प्रसार कस्तो चलिरहेको छ ?
प्रत्येक मतदाताको घर, गाउँबस्ती, टोल, छिमेकमा पुगेर मत माग्ने काम भैरहेको छ ।
तपाईको उम्मेद्धारी किन ?
बेथितीपूर्ण राजनितिलाई थितीमा ल्याउनु, निति निर्माण तथा नेतृत्व तहमा युवाहरुको अर्थपूर्ण र सार्थक सहभागिताका लागि, देशमा भएको चरम भ्रष्टाचार, बेतिथि रोक्न र निति नियम बनाएर काम गर्नको लागि मेरो उम्मेद्धारी हो ।
अहिलेको निर्वाचनमा तपाईंले उठाएका एजेन्डाहरू के–के हुन् ?
शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा राज्यको दायित्व हुनुपर्छ भन्ने मेरो मुख्य एजेन्डा हो । शिक्षा गुणस्तरीय, निःशुल्क, सर्वसुलभ हुनुपर्छ । सामाजिक सुरक्षामा सबै मानिसहरु बाच्न पाउनु पर्छ, धनीले दिने र गरिबले लिने, लोककल्याणकारी राज्य हुनुपर्छ, ६० वर्षमाथिका दिर्घरोगीहरुलाई निःशुल्क उपचारको व्यवस्था राज्यले मिलाउने खालको कानून ल्याउनु पर्छ । त्यस्तै किसानहरुको हकहितका लागि बोल्ने कोही नभएकोले किसानका लागि पेन्सनको निति ल्याउनु पर्ने, युवा उद्यमशिलता र रोजगारका लागि ‘आइडिया बंैक’ मार्फत सीप भएका युवाहरुले जागिर गर्न चाहानेका लागि सूचना दिने, तालिम दिने र सहयोग गर्ने, यदि कसैले उद्यम गर्न चाहान्छ भने शैक्षिक ग्राम दिने, उसको परियोजना धितो राखेर पैसा दिने व्यवस्था गर्नुपर्छ, उक्त बैंक मार्फत दिने अन्वेषणः ‘इनोभेसन’का लागि ग्राम दिने व्यवस्था हुनुपर्छ । साथै २१औं शताब्दीमा युवाहरुलाई अन्र्तराष्ट्रिय जगतमा प्रतिस्पर्धाका लागि अन्वेषणमा पनि लगानी गर्नुपर्ने, विकास निर्माणका लागि राज्यको लगानी नभई राज्यले लगानी मैत्रीपूर्ण वातावरणको व्यवस्था गर्नुपर्ने लगायतका एजेण्डाहरु रहेका छन् । मैले जितेर निति बनाउने जाने हो । सांसद भैसकेपछि दाङ जिल्लामा अल्पत्र अवस्थामा रहेका अपूरा विकास पूर्वाधार, निर्माण लगायतका कामहरुलाई पूरा गर्नु मेरो दायित्व हो ।
यी एजेन्डाहरू पूरा गर्न सक्नुहुन्छ भनेर जनताले कसरी विश्वास गर्ने ?
हरेक राजनितिक नेतृत्वहरुले आफ्नो घोषणापत्रमा समावेश गरेका एजेन्डालाई कुनै पनि पूरा नगरेकोले जनताहरु आजित भैसकेका छन् । अब जनताहरुले ३० वर्षसम्म भ्रममा प-यो, अब बेथिती, भ्रष्टाचार रोक्ने व्यक्ति चाहिएको छ र मेरो हिजोको पृष्टभूमिका आधारमा मलाई विश्वास गर्नुहुन्छ ।
तपाईले उम्मेद्धारी दिएको क्षेत्रमा ५ दलिय बलियो गठबन्धन छ, अर्को तर्फ नेकपा एमाले छ, तपाईको जित्ने आधार के ?
मैले उम्मेद्धारी दिएको क्षेत्रमा विगत १५ वर्षदेखि सामाजिक क्षेत्रमा काम गरेको छु, प्रत्येक घर, गाउँ, बस्ती बुझेको छु । गाउँमा के-के समस्या छन् मलाई थाहा छ । जनताहरुको समस्या उठाउने भनेको एकमात्रै पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी र व्यक्ति म हुँ । त्यसैले म प्रत्येकको घरघरमा गएको छु । मतदाताहरुले मलाई माया, आर्शिवाद, सम्मान गर्नु भएको छ । त्यसकारण उहाँहरुले अबको विकल्प कमल सुवेदी नै हो भन्नु भएको छ । मेरो उम्मेद्धारी पहिलो पटक भएकै कारण उहाँहरुले म युवा छु, नयाँ छु, मलाई राष्ट्रिय र अन्र्तराष्ट्रिय हुनु छ त्यसकारण अबको पालोे विकास निर्माणमा युवा नेतृत्वलाई पु-याउनु पर्छ, भिजन, अनुभव भएका कारण पनि जनताले मलाई अवश्य जिताउनु हुन्छ । अहिलेका राजनितिक दलहरुले जति जनताहरुमा निराशा ल्याउनुभयो त्यो आशा जगाउने व्यक्ति कोही नभएन् र त्यसको आशा जगाउने व्यक्ति मै हुँ । जनताले काम गर्ने व्यक्ति खोजिरहनु भएको थियो, म जनताहरुका सबै समस्या प्रति एकदमै जिम्मेवार छु । विदेशमा रहेका २२ हजार युवाहरु पहिलो पटक मतदान गर्दै हुनुहुन्छ । देश विदेशमा रहेका युवाहरुको मलाई साथ सहयोग छ, आमाबुवा, दिदीबहिनी, दाजुभाईको साथ छ त्यसकारण मैले अवश्य जित्छु ।
निर्वाचन जित्न शक्ति, सत्ता र पैसाको भूमिका हुन्छ भन्ने सुनिन्छ । खासमा निर्वाचन जित्न के कुराले सहयोग गर्छ जस्तो लाग्छ ?
चुनाव जित्न शक्ति, सत्ता र पैसाको आवश्यक पर्दैन् । यसअघि विभिन्न राजनितिक दलहरुले सत्ता, शक्ति र पैसाको आधारमा चुनाव जिते पनि अब भने जनताहरु जागरुक भैसकेका छन् । जनतालाई हामीले जागरुक बनाईसकेका छौं । एक छाक मासु भात खाएर एक खाक परिवार पाल्नलाई विदेशीनुको पिडा उहाँहरुले बिर्सनु भएको छैन् ।
निर्वाचन आचार संहिता पालना गर्नु भएको छ ?
हामीले जतिको आचार संहिताको पालना कसैले गरेको छैन् । हामी आचारसंहिता पालनामा कटिवद्ध र जिम्मेवार छौं । निर्वाचन आचारसंहिता सम्पूर्णले पालना गर्नुपर्छ ।
कति मतान्तरले जित्नु हुन्छ ?
म ४५ हजार २ सय ९६ मतका साथ बहुमतले जित्छु । यहाँका जनताहरु अब सचेत भैसकेका छन् । त्यसैले काठमाडौं र धरानको जस्तै गरेर मलाई पनि बहुमतका साथ जिताउछन् । म ढुक्क छु ।
कहिले, कहाँ जन्मिनु भएको हो ?
म दंगीशरण गाउँपालिका ४ हेकुलीको मौलि भन्ने ठाउँमा जन्मेको हुँ । मैले राजनितिक शास्त्रमा एमए, शिक्षाशास्त्रमा बिएड, क्यानडा सरकारको सहयोगमा छात्रवृत्तिबाट ‘डेभल्पमेन्ट लिडरसिप’, कानून पढीरहेको छु । विगत १५ वर्ष अघिदेखि समाजसेवा गर्दै आएको छु । सुशासन कायम गर्नुपर्छ भनेर भ्रष्टाचार विरुद्ध अभियान चलाएको, रेडियो हापुरेको संस्थापक अध्यक्ष, राष्ट्रिय युवा जैसी समाजको केन्द्रिय संस्थापक अध्यक्ष, देशभरका युवाहरु निति, निर्माण र नेर्तत्व तहमा पहुँच हुनुपर्छ भनेर काम गरेको छु । त्यस्तै मेरो आमाको नाममा विष्णुदेवी फाउण्डेसनका नाममा ट्रर्स छ । त्यसबाट शिक्षा, स्वास्थ्यका लागि मैले काम गर्दै आएको छु । उक्त ट्रर्सले गरिब र विपन्नहरुलाई छात्रवृत्ति दिने र हुनेबाट लिने र नहुनेलाई दिने अभियान चलाएको छु । त्यस्तै २०७२ सालको भुकम्प आएको समयमा दोलखा, सिन्दुपालचोक, नुवाकोटका करिब तीन सय घरपरिवारका लागि घर टहरा बनाउन सहयोग गरेको छु ।
अन्तमा के भन्न चाहान्नु हुन्छ ?
अब समय थोरै छ, म सबै मतदाताको घर दैलोमा पुग्न नभियाउन सक्छु तर मंसिर ४ गते मतदाताले मलाई भोट दिनुभयो भने उहाँहरुको समस्या सुनेछु । उहाँहरुको समस्या समाधानका लागि निति निर्माण कार्ययोजना बनाउने छु । यदि कसैले मेरो घरदैलोमा आउन छुट्नु भयो भन्नुहुन्छ भनेपनि तपाईहरुले मलाई भोट दिएर जिताउनुस् जितेर म हजुरहरुको घरदैलोमा अवश्य आउनेछु । हामी सबै मिलेर देश बचाउनु पर्छ, परिर्वतन गर्नुपर्ने छ त्यसकारण तपाई सम्पूर्ण आमाबुवा, दिदीबहिनी, दाजुभाई, इष्टमित्र लगायतले एक पटक मलाई राष्ट्रिय स्वतन्त्र पार्टीमा मतदान गरेर जिताउन हुन हार्दिक अपिल गर्दछु ।