तुलसीपुर
१ मंसिर / तुलसीपुर उपमहानगरपालीका वडा नम्बर ११ निवासी चाहाना केसीले २०७७ मा एसईई उतिर्ण गरिन् । नजिकै रहेको सामुदायिक विद्यालयबाट राम्रो अंक ल्याएर उतीर्ण भएकि केसीलाई प्राविधिक शिक्षा पढ््ने धोको थियो ।

लाखौं रुपैया खर्चेर पढाउन सक्ने उनको परीवारको अवस्था थिएन् । तर जहां ईच्छा त्यहा उपाय भनेझै छोरीलाई निशुल्क प्राविधिक शिक्षाबारे जानकारी पाए सगैं उनको प्राविधिक शिक्षा पढ्ने चहाना पुरा भयो । उनि अमर माध्यमिक विद्यालयमा कृषि पशु विज्ञान तर्फ भर्ना भईन ।

उपमहागरको कार्यपालीका बैठकले सामुदायिक विद्यालयबाट एसईई उतीर्ण गरेका छोरीलाई प्राविधिक पढ्न चाहेमा निशुल्क पढाउने निर्णय गरेको थियो । उक्त निर्णय सगैं तुलसीपुर क्षेत्रका सयौं छोरीहरु यस क्षेत्रका प्राविधिक विद्यालयमा निशुल्क रुपमा पढ्न पाएका छन ।

यस्तै, जसपुर निवासी सरीता बुढाथोकीले पनि लाखौं रुपैया तिरेर अध्ययन गनुपर्ने प्राविधिक धारको विषय निशुल्क रुपमा पढ्न पाउदा खुसी लागेको बताउछिन् । यी दुई उदाहरणका पात्र मात्रै हुन् । दुई लाख रुपैया सम्म लाग्ने प्राविधिक धारका विषय निशुल्क रुपमा पढ्न पाउदा अभिभावक पनि उत्तिकै खुसी छन ।

स्थानिय सरकारले अघि सारेको निशुल्क शिक्षा कार्यक्रमले छोरीहरुप्रति सम्मान गरेको भन्दै प्रशंसा योग्य काम भएको तुलसीपुर १२ निवासी अभिभावक मिना विश्वकर्मा बताउछिन् ।

समाजमा अझै पनि छोरीहरुलाई विभेद गर्ने प्रचलन रहेकोले समानताको लागी निशुल्क शिक्षाको अवधारणा अघि सारेको तत्कालीन नगर प्रमुख घनश्याम पाण्डे बताउछन । छोरालाई लाखौ रुपैया खर्चेर राम्रो विषय पढाउने तर छोरीलाई चाहना अनुरुप पढ्न नदिने चलन छ पाण्डेले भने ।

ईन्जीनियरीङ,कृषि,फरेष्टी,जियो जस्ता प्राविधिक विषय पढ्नबाट बञ्चित नहुन भनेर निशुल्क शिक्षालाई अघि सारीएको हो । छोरीहरुलाई आत्मनिर्भर वनाउनका लागि मुख्य गरेर सीपमुलक शिक्षामा ध्यान दिनुपर्नेछ” पाण्डेले भने ।

छोरीलाई निशुल्क शिक्षा कार्यक्रम अन्र्तगत एक जनाको तीन बर्षे डिप्लोमा तहको लागी एक लाख रुपैया उपमहानगरले ब्यहोर्दै आएको छ । सोहि अनुसार यस बर्षपनि बजेट विनियोजन गरेको नगर प्रमुख टिकाराम खड्काले बताए ।

प्रत्येक बर्ष भर्ना भई अध्ययनरत विद्यार्थीको संख्या एकिन गरि विद्यालयको खातामा रकम निकाशा गर्ने गरिएको गरिएको नगर प्रमुख खड्काले बताए । यसका लागी विद्यार्थी सामुदायिक विद्यालयमा पढेको र उपमहानगरको बासिन्दा भएको सिफारीस आवस्यक पर्ने गर्दछ ।

यो कार्यक्रमबाट गएको आर्थिक बर्ष २०७८/०७९ मा ७१ जना विद्यार्थी अध्ययनरत रहेको उपमहानगरका सूचना अधिकारी बाबुराम न्यौपानेले बताए । उनका अनुसार सबैभन्दा बढि मेट्रो कलेजका विभिन्न कार्यक्रममा ४५ , गुरुजजुरमा १४, अमर मा.वि.मा ६,जनकल्याण माध्यमिक विद्यालय दुधरासमा ४ र तुलसीपुर सेण्टरमा २ जना अध्ययनरत रहेका छन ।यस बर्ष पनि एक सयको हाराहारीमा छोरीहरुले निशुल्क शिक्षा लिदैछन ।

प्रतिकृया

प्रतिकृया