तुलसीपुर
३-मंसिर/ निर्वाचन आयोगले शहरी विकासमन्त्री मेटमणि चौधरीलाई जरिवाना गराउने निर्णय गरेको छ । आयोगले शहरी विकासमन्त्री चौधरीलाई २५ हजार रुपैयाँ जरिवाना गराउने निर्णय गरेको हो ।

बाढी पीडितलाई चामल बाँडेपछि आयोगले शहरी विकासमन्त्री चौधरीलाई स्पष्टीकरण सोधेको थियो । मन्त्री चौधरीले व्यक्तिलाई नभई पालिकालाई दिइएको दाबी शीर्षकको समाचार र सामाजिक सञ्जालमा आएका विषयमा मन्त्री चौधरीलाई स्पष्टीकरण सोधेको थियो ।आचारसंहिता विपरीत वितरण गरेको भन्दै आयोगले २५ हजार रुपैयाँ जरिवाना गराएको आयोगले जनाएको छ ।

मन्त्री चौधरी समावादी पार्टीका दाङ क्षेत्र नं. १ का उम्मेद्धार हुन् ।

प्रतिकृया

प्रतिकृया