नवलपरासी
४-मंसिर/ पूर्व नवलपुरमा एउटा मतदान केन्द्रमा एसिड प्रयोग गरि मतपेटिकामा आगजनी भएको छ । जिल्लाको प्रतिनिधि सभा क्षेत्र नम्बर १ अन्तर्गत पर्ने देवचुली नगरपालिका ४ को शान्ति शृजना केन्द्र झाक्रेमा रहेको मतदान केन्द्रको मतपेटिकामा आगजनी भएको हो ।

मतपेटिकामा मतपत्र खसाएपछि नारायण भण्डारीले एसिड प्रयोग गरि आगो लगाएको प्रहरीले जनाएको छ । उनलाई पक्राउ गरिएको र उनी पूर्वलडाकु रहेको बुझिएको छ । आगजनीको थप कारण खुल्न बाँकी छ ।

मतपेटिकामा आगजनी भएपछि अहिले यस केन्द्रमा मतदान रोकिएको जिल्ला निर्वाचन कार्यालय प्रमुख लालप्रसाद शर्मा भुसालले जानकारी दिए ।

प्रतिकृया

प्रतिकृया