दाङ,
५-मंसिर/ दाङ क्षेत्र नम्बर १ को मतगणना सुरु भएको छ । निर्वाचन अधिकृत मानबहादुर बिष्टका अनुसार प्रतिनिधि सभा तथा प्रदेश सभा दुवैतर्फको प्रत्यक्ष र समानुपातिकको मतगणना एकैसाथ सुरु भएको हो । मतगणना लमही नगरपालिकाको कार्यालयमा जारी छ ।

दाङ क्षेत्र नं। १ मा नेकपा एमालेकी शान्ता चौधरी, नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठक, नागरिक उन्मुक्ति पार्टीका सुरेन्द्र चौधरी, राप्रपाका लिली बुढाथोकी, हाम्रो नेपाली पार्टीकी गंगा चौधरी लगायत प्रतिस्पर्धामा छन् । आइतबार भएको निर्वाचनमा ८० हजार ७०० मत खसेको थियो । दाङ २ र ३ को पनि मतगणना जारी छ । दाङ ३ मा एमाले उम्मेदवार कोमल वलीले सुरुवाती अग्रता लिएकी छन् । दाङ २ को भने सार्वजनिक हुन बाँकी छ ।

प्रतिकृया

प्रतिकृया