तुलसीपुर,
८-मंसिर/ दाङ निर्वाचन क्षेत्र नं. ३ मा गठबन्धनबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार दीपक गिरीले मतान्तर बढाउँदै लगेका छन् । ५६ हजार ७६२ मत गणना हुँदा गिरीले २३ हजार ८ सय ३२ मत प्राप्त गरेका छन् ।
भने उनका प्रतिस्पर्धी नेकपा एमालेकी उम्मेदवार कोमल वलीले १८ हजार ४ सय ९१ मत प्राप्त गरेकी छिन् । उनीहरु बीचको मतान्तर ५ हजार ३४१ रहेको छ । अब ३२ हजार ३६३ मत गणना हुन बाँकी छ ।
प्रतिकृया