तुलसीपुर
८-मंसिर/ दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपा माओवादी केन्द्रकी नेतृ रेखा शर्माले आम मतदाताका गुनासा सम्बोधन हुने गरी काम गर्ने बताएकी छन् । निर्वाचनमा विजयी भएपछि बिहीबार बिहान पत्रकारहरुलाई प्रतिक्रिया दिंदै उनले इमान र निष्ठाका साथ काम गर्ने बताएकी हुन् ।
‘आम जनसमुदायका र मतदाताका जुन गुनासा हामीप्रति छन्, ती गुनासा सम्बोधन गर्ने गरी इमानका साथ काम गर्छु । निष्ठाका साथ काम गर्छु । त्यसरी काम गर्दा पूरा गर्न सकिन्छ भन्ने लाग्छ । पूरा नहुने कुराहरु इमानका साथ भन्छु जनताका बीचमा उनले भनिन् ।’
उनले आफ्नो जितलाई प्रतिगमनविरुद्धको एजेण्डा दंगाली जनताबाट अनुमोदन भएको रुपमा टिप्पणी समेत गरेकी छिन् । यसबाट अत्यन्त खुसी लागेको उनले बताइन् ।