तुलसीपुर
८-मंसिर/ दाङ क्षेत्र नम्बर १ प्रदेश सभा (ख) मा नेपाली कांग्रेसका उम्मेदवार अनुराग खड्का निर्वाचित भएका छन् । उनी १६ हजार २ सय २२ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कुलबहादुर खत्रीले १३ हजार १ सय ७० मत प्राप्त गरेका छन् ।

खत्रीलाई ३ हजार ५२ मतान्तरले पराजित गर्दै खड्का निर्वाचित भएका हुन् । उनी स्वर्गीय नेता खुमबहादुर खड्काका छोरा हुन् । उनी लुम्बिनी प्रदेशसभामा निर्वाचित हुने सबै भन्दा कान्छा सदस्य हुन् । ।

प्रतिकृया

प्रतिकृया