दाङ,
१५-मंसिर/ लमही नगरपालिकाकाका जनप्रतिनिधि र कर्मचारीले प्रमुख प्रशासकीय अधिकृतको सरुवाको माग गर्दै आन्दोलन गरेका छन् । बिहीबार केही वडाअध्यक्ष र कर्मचारीले प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगी बस्दै आएको लमही नगर विकासको क्वार्टरमा पुगेर घेराउ गरेका हुन् । आन्दोलनमा उत्रिएकाहरुले कर्मचारीहरुले डाँगीको नेम प्लेटसमेत तोडफोड गरेका छन् ।

प्रमुख प्रशासकीय अधिकृत डाँगीले मनपरी कर्मचारी हेरफेर र सरुवा गरेकाले आन्दोलनमा उत्रिएको कर्मचारीहरुले बताएका छन् । प्रमुख प्रशासकिय अधिकृत डाँगीको सरुवा नभएसम्म आन्दोलन जारी राख्ने कर्मचारीहरुले अडान लिएका छन् । लमही नगरपालिकाबाट सरुवा भएको केही हप्तापछि डाँगी पुनः लमही नगरपालिकामा हाजिर भएका थिए । यसअघि पनि वडाध्यक्षहरु प्रमुख प्रशासकीय अधिकृत डाँगीको सरुवाको माग राख्दै आन्दोलनमा उत्रिएका थिए ।

प्रतिकृया

प्रतिकृया