लमही,
१६-मंसिर/ लमही नगरपालिकामा भईरहेको आन्दोलन स्थगित भएको छ । लमही नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्र बहादुर डाँगीलाई यथासिघ्र सरुवा गरिने लिखित सहमती भएपछि कर्मचारीहरुको आन्दोलन स्थगित भएको हो । आन्दोलनरत पक्ष र नगरपालिकाका प्रमुख जोगराज चौधरी, उपप्रमुख लक्ष्मी योगी बीच बिहीवार बेलुका भएको छलफलपछि प्रमुख प्रशासकीय अधिकृत डाँगीलाई सरुवाको लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गरी सरुवा गर्ने लिखित सहमती भएको हो ।

लमही नगरपालिकाका वडाअध्यक्षहरुसहित कार्यपालिका सदस्य र आन्दोलनरत कर्मचारीहरुले प्रमुख प्रशासकीय अधिकृत डाँगीको सरुवाको माग राख्दै बिहीबार लमही नगर विकास समितिको कार्यालय घेराउ समेत गरे । प्रमुख प्रशासकिय अधिकृत डाँगी नगर विकास समितिको कार्यालयमा रहेको क्वाटरमा बसेको सूचना पाएपछि आन्दोलनरत कर्मचारीहरु नगर विकासको भवन घेराउ गरी दिनभर कोठामा थुनेपछि अवस्था असामान्य हुने स्थितीमा पुगेपछि नेपाल प्रहरी र शसस्त्र प्रहरी बलले सुरक्षा दिएको थियो । कर्मचारीहरुले गत आइवारदेखि नगरपालिकाबाट हुने सेवा प्रबाह ठप्प पारी आन्दोलनमा उत्रिएका थिए ।

कर्मचारीहरुमाथि प्रमुख प्रशासकिय अधिकृत डाँगी नियम विपरित नगरपालिकामा एकाङ्की शासन लादेको र थिचोमिचो सहन नसकेर बाध्य भएर आन्दोलन गर्नुपरेको जनप्रतिनिधि र कर्मचारीहरुले बताउँदै आएका थिए । पछिल्लो पटक सरुवा भएको केही हप्ता भित्र पुनः लमही नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृतको हाजिरी भएपछी थप आन्दोलित कर्मचारीहरु आक्रमक बनेका थिए ।

प्रतिकृया

प्रतिकृया