बाँके
१८-मंसिर/ बाँकेमा दुई जना मृत अवस्थामा फेला परेका छन् । शनिबार बयर टिप्न गएको बेला राप्ती नदीमा डुबेर दुई जना युवती मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

मृत्यु हुनेमा राप्तीसोनारी गाउँपालिका – ६ फत्तेपुर डाँडा टेपरी निवासी २२ वर्षीया कञ्चन थारु र १३ वर्षीया अर्चना थारु फर्किने क्रममा राप्ती नदीमा डुबेर बेपत्ता भएका थिए।

शनिवार बेलुकासम्म पनि उनीहरूको खोजी गर्दा नभेटिएकोमा आइतबार बिहान डुबेको ठाउँबाट डेढ किलोमिटर दक्षिणतर्फ नदीमा उनीहरुको शव फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बयर टिप्न गाउँका ७ जना युवती गएका थिए। ती मध्ये नदीमा पाँच जना पौडी खेलेर बाँच्न सफल भए पनि दुई जना बेपत्ता भएका थिए । नदीमा डुबेर बेपत्ता भएका दुवै युवतीको शव नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले खोजीको क्रममा फेला पारेको हो ।

प्रतिकृया

प्रतिकृया