अञ्जना चौधरी, तुलसीपुर
१८-मंसिर/ तुलसीपुर ५ रानीजरुवाका ज्योतिश कुमाल सोही ठाउँमा रहेको जनश्रमिक प्राथमिक विद्यालयमा कक्षा ३ मा पढ्छन् । उनका बुवाआमा ज्याला मजदुरीको काम गरेर ज्योतिशसहित उनका दाईदिदी र बहिनीलाई बढाउँनेदेखि घर व्यवहार चलाउँदै आएका छन् । ज्योतिश कहिले काँही खाजा नभएर विद्यालय पनि जाँदैनथे तर आजभोली उनी साखै विद्यालय छोड्न मान्दैनन् । ज्योतिश विद्यालय नछोड्नुको एउटै कारण छ उनी पढ्ने विद्यालयले दैनिक रुपमा विद्यार्थीहरुलाई खाजा खुवाउँछ । विद्यालयले खाजा खुवाउथ थालेपछि उनी दैनिक रुपमा विद्यालय जान थालेका हुन् । ‘मत आजभोली सधै स्कुल आउँछु, स्कुल आएपछि मिठो मिठो नास्ता खान पाईन्छ, म्याडमहरुले अण्डा, स्याउ, दुध, केरा, खिर खान दिनुहुन्छ’ उनी शुखी हुँदै भने घरमा भन्दा स्कुलमा मिठो खान पाईन्छ’ ।

ज्योतिश मात्रै होइन विद्यालयमा खाजा कार्यक्रम लागू भएदेखि अन्य विद्यार्थीहरु पनि नियमित रुपमा विद्यालय आउन थालेको जनश्रम प्राथमिक विद्यालयका प्रध्यानाध्यापक शुशिला भट्टराइले जानकारी दिइन् । तुलसीपुर ५ मा रहेको उक्त विद्यालयमा गएको साउन २८ गतेदेखि विद्यालयमै विद्यार्थीहरुलाई खाजा खुवाउन थालिएको हो । नेपाल सरकारले विद्यार्थीहरुलाई दिवा खाजाको रुपमा दिनको १५ रुपैंयाको दरले अभिभावकहरुलाई रकम उपलब्ध गराउँदै आएको थियो । त्यही कार्यक्रमलाई मध्यनगर गर्दै चाइना फाउन्डेशनले (स्माइलिङ चिल्ड्रेन फिङ) कार्यक्रम अन्तरगत प्राविधिक र आर्थिक सहयोगमा बेस संस्थाद्धारा खाजा कार्यक्रम सञ्चालन भएको हो । अहिले दाङका १० वटा विद्यालयमा चाइना फाउन्डेशनको सहयोगमा (स्माइलिङ चिल्ड्रेन फिङ) कार्यक्रम सञ्चालन भएको छ ।

अतिविपन्न, गरिब, दलित विद्यार्थी र जुन विद्यालयमा छात्राहरु धैरै पढ्छन त्यही विद्यालयमा यो कार्यक्रम लागू भएको हो । प्रत्येक दिन प्रतिविद्यार्थीले ५७ रुपैया ३० पैसाका दरले खाजा पाउँछन् । त्यही रकमबाट खाजा बनाउने ग्यास, खानेपानी, र विद्यार्थीहरुको संख्याको आधारमा खाजा बनाउनको लागि तीनजना आमाहरुलाई राखिएको प्रअ भट्टराइले जानकारी दिइन । उनकाअनुसार खाजा बनाउने आमाहरुलाई दैनिक ज्यालामा राखिएको हो । विद्यार्थीहरुलाई प्रत्येक दिन छुट्टा छुट्टै खाजा खुवाईन्छ । प्रत्येक दिन बिहान १० बजेपछि प्रत्येक विद्यार्थीहरुलाई १५० एमएल दुध खुवाईन्छ । त्यसैगरी आईतबार दिउँसो पुरी/तरकारी, सोमबार पुलाउ/तरकारी र अण्डा, मंगलबार हलुवा÷/तरकारी, बुधबार सीमिको गेडा, अण्डा र स्याउ, बिहीबार खिर, तरकारी र शुक्रबार चना, अण्डा र केरा खुवाइन्छ ।

जनश्रमिक प्राविमा अध्ययन गर्ने धेरैजसो विद्यार्थी अभिभावक विहीन अभिभावक विहीन भएकाले पहिलोदिनको खाजा कार्यक्रममा धेरै विद्यार्थी रोएको प्रअ भट्टराइले जानकारी दिइन । पहिलो दिन हामीले खाजा खुवाउँदा धेरै विद्यार्थीहरु रोए, हामीले किन रोएको भनि सोध्दा आज पेटभरी खान पायौं, घरको भन्दा मिठो खाना खान पायौं भने– उनले भनिन् अहिले अभिभावकहरु पनि खुशी हुनुहुन्छ’ । पहिलेको तुलनामा खाजा कार्यक्रम लागू भएदेखि धेरै अभिभावकहरु आफ्ना छोराछोरी विद्यालयमा भर्ना गरिदिनुस् भन्न आउने गरेको उनको भनाई छ । तर आफुहरुले विद्यार्थी भर्ना गर्ने समय नभएकाले भर्ना गर्न नसकेको बताइन ।

प्रतिकृया

प्रतिकृया