बुटवल
१८-मंसिर/ लुम्बिनी प्रदेशको अस्थायी मुकाम (राजधानी) बुटवलबाट अन्यत्र सार्ने निर्णय रोक्न नेकपा एमाले रुपन्देहीले माग गरेको छ ।

एमाले रुपन्देही अध्यक्ष तेजेन्द्र केसीले एक विज्ञप्ती जारी गर्दै बुटवलबाट मन्त्रालयहरु अन्यत्र सार्ने प्रदेशको निर्णय तत्काल रोक्न माग गरेका हुन् । केसीले मन्त्रालयहरु सार्ने काम नयाँ सरकार र संसदको अधिकार क्षेत्रमा पर्ने भन्दै नसार्न आग्रह गरेका छन् ।

बुटवलमा सुविधा सम्पन्न कार्यालयहरुका अतिरिक्त संसद भवन र कर्मचारीको आवास समेत व्यवस्थित रहेको उनले स्पष्ट पारेका छन् । राजधानी तोकिएको स्थानमा कुनै किसिमको भौतिक पूर्वाधार समेत नभएको स्थानमा जबरजस्ती लैजान खोज्न् गलत कदम भएको एमालेको ठहर छ ।

जारी विज्ञप्तिमा लेखिएको छ, ‘भर्खर सम्पन्न २०७९ को आम चुनावबाट जननिर्वाचित संदन र सरकारले मात्र यो काम अगाडी बढाउने कुरा स्वभाविक हुने हुँदा यो काम चलाउ सरकारले सस्तो लोकप्रियता आर्जन गर्नका लागि यो कदम अगाडि बढाउन खोजिएकोले यसलाई तुरुन्त रोकी आगामी नयाँ सरकार र संसदको अधिकार क्षेत्रमा समेत हस्तक्षेप नगर्न जोडदार माग गर्दछौं । प्रदेश सरकारले तोकेको भौतिक पुर्वाधार निर्माणको कार्यलाई सम्पन्न गरे पश्चात मात्र यसतर्फ ध्यान केन्द्रित गर्न अपिल गर्दछौं ।’

प्रतिकृया

प्रतिकृया