गढवा,
६-पुस/ दाङको गढवा गाउँपालिका भित्र रहेका २५ वटा सामुदायिक बिद्यालयहरुको जग्गा मालपोत कार्यालय लमहीमा सुचिकृत गरिएको छ । कुल ९१ बिगाह ७ कठ्ठा ८ धुर जग्गा मालपोत कार्यालयमा सुचिकृत गरिएको हो । गढवा गाउँपालिकामा गठित सामुदायिक विद्यालय जग्गा ब्यवस्थापन समितिले गढवा गाउँपालिकामा पत्रकार सम्मेलन जानकारी गराएको छ । गएको साउन ५ गते गढवा गाउँपालिकाको शिक्षा शाखाले पालिकाभरका सरकारी विद्यालयहरुका प्रधानाध्यापकहरु, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष र शिक्षा सरोकारवालाहरु संग भेला गरी विद्यालयहरुको जग्गा विद्यालयहरुको नाममा नभएका कारण भवन निर्माण लगायतका अन्य समस्याको बारेमा बृहत छलफल गरेका थिए । सोही भेलाबाट जनता माध्यमिक विद्यालयका अध्यक्ष युवराज पोख्रेलको संयोजकत्वमा ९ सदस्यीय सामुदायिक विद्यालय जग्गा व्यवस्थापन समिति गठन गरिएको थियो ।

सामुदायिक विद्यालयको जग्गा ब्यवस्थापन समितिका अध्यक्ष पोख्रेलको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रम बोल्दै प्रमुख अतिथि शर्माले पालिकाले गर्नु पर्ने काम विद्यालय ब्यवस्थापन समिति बनाएर गर्दा सफल भएको भन्दै धन्यबाद व्यक्त गरे । गजग्गा मालपोत कार्यालय लमहीमा सुचिकृत सानो कुरा नभएको बताउदै अध्यक्ष पोख्रेलले सुचिकृत पश्चात् एउटा ठुलो दस्ताबेज तयार पारेको र यसलाई आधार मानेर लालपुर्जाको प्रक्रिया अघि बढाइने जानकारी दिए । माथिल्लो निकायमा सहकार्य गरेर लालपुर्जाको प्रक्रिया थालनी गर्ने उनको भनाइ थियो । गढवा गाउँपालिकाको शिक्षा क्षेत्रमा परिवर्तन ल्याउन जस्तो सुकै जोखिम मोल्न आफु तयार रहेको पालिका अध्यक्ष पोख्रेलले बताए । सामुदायिक विद्यालयहरुको जग्गा ब्यवस्थापन समितिका अध्यक्ष पोख्रेलले गुणस्तरीय शिक्षा चाहने अभिभावकहरुले विद्यालयलाई पनि ख्याल गर्नु पर्ने बताए ।

आफु हरुको प्रयास नेपालकै पहिलो सफल प्रयास भएको बताउदै अध्यक्ष पोख्रेलले पालिका भरीको सामुदायिक विद्यालयहरीको जग्गा ब्यवस्थापन गर्न सामान्य नरहेको बताए । उनले केही विद्यालयहरुमा आफ्नो नाममा जग्गा नहुँदा भौतिक संरचना समेत बन्न नसेको बताउदै मालपोत कार्यालयमा सुचिकृत भएपछी धेरै सहज हुने बताए । समितिले ५ महिनामै काम सकेर सामुदायिक बिद्यालय जग्गा ब्यवस्थापन समितिले मालपोत कार्यालय लमहीमा जग्गा सुचिकरण गरेको बैधानीक प्रमाण गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेललाई हस्तान्तरण गरेको छ। गाउँपालिकाको अध्यक्ष, शिक्षा शाखा प्रमुख श्याम बहादुर बिक तथा गाउँपालिका भित्रका सबै विद्यालय ब्यबस्थापन समिति परिवारको

प्रतिकृया

प्रतिकृया