तुलसीपुर
२७-पुस/ लुम्बिनी प्रदेशले बुधबार नयाँ मुख्यमन्त्री पाउँदैछ । प्रदेशको मुख्यमन्त्रीको दावी पेश गर्नका लागि ७ दलको समर्थनसहित नेकपा एमाले संसदीय दलका नेता लीला गिरी प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन् ।

बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा एमालेसहितको गठबन्धनले मुख्यमन्त्रीको दावी पेश गर्नेछ । गिरीको समर्थनमा एमाले २९, माओवादी ९, राप्रपा ४, नागरिक उन्मुक्ति ४, जनमत पार्टी ३ र जसपाको ३ सिट छ ।

गिरीलाई लोसपाले पनि समर्थन गर्ने भएको छ । ३ सांसद रहेको लोसपाले पनि गिरीलाई समर्थन गर्ने भएको छ । त्यस्तै नेपाली कांग्रेस २७, राष्ट्रिय जनमोर्चा १, नेकपा एकीकृत समाजवादी १ र स्वतन्त्र ३ जना सांसद् छन् ।

प्रतिकृया

प्रतिकृया