ओमप्रकाश गुप्ता, भालुवाङ
३  माघ/ लुम्बिनी प्रदेशको सभामुखमा नेकपा माओवादीका तुलाराम घर्ती निर्विरोध निर्वाचित भएका छन् । भने उपसभामुखका लागि ३ जनाको मनोनयन दर्ता भएको छ । स्थानीय राजधानी राप्ती उपत्यका देउखुरीमा रहेको प्रदेश सभा सचिवको कार्यकक्षमा सोमवार सभामुख र उपसभामुखको मनोनयन दर्ता भएको हो ।

सुरुमा सत्तारुढ दलबाट सभामुखमा नेकपा माओवादी केन्द्रका तुलाराम घर्ती र उपसभामुखमा राप्रपाकी मेनुका खाँड केसीको मनोनयन दर्ता भएको थियो । सभामुखमा बेला ५ बजे सम्म कसैको मनोनयन दर्ता नभएपछि घर्ती निर्विरोध निर्वाचित भएका हुन् । सभामुखको प्रस्तावकमा एमालेका नेता तथा प्रदेश सभा सदस्य भूमिश्वर ढकाल र राप्रपा संसदिय दलका नेता आशिष कुमार चौधरी समर्थक रहेका छन् । उपसभामुखको प्रस्तावकमा नेकपा माओवादी केन्द्रका नेता तथा प्रदेश सभा सदस्य इन्द्रजित थारु र समर्थकमा जनमत पार्टीका संसदीय दलका नेता चन्द्रशेक गुप्ता रहेका छन् ।

त्यसपछि नेपाली कांग्रेसले उपसभामुखमा मात्रै र नागरिक उन्मुक्ति पार्टीले पनि उपसभामुख पदमा मात्रै मनोनयन दर्ता गराएको थियो । नेपाली कांग्रेसबाट नवलपरासी निर्वाचन क्षेत्र नम्बर १(क) बाट निर्वाचित विश्वप्रेम पाठकको उपसभामुखमा मनोनयन दर्ता भएको छ ।कांग्रेसले सभामुखमा उम्मेदवारी दिएको छैन । कांग्रेसका विश्वप्रेम पाठकको प्रतावकमा प्रदेश सभा सदस्य वसीउद्दिन खाँ र सर्थकमा राजु खनाल रहेका छन् ।यस्तै उपसभामुखमा नागरिक उन्मुक्ति पार्टीकिकी रुपन्देही जिल्ला निवासी निर्मलादेवी चौधरीको मनोनयन दर्ता भएको छ ।

प्रस्तावकमा प्रदेश सभा सदस्य नरमायाँ ढकाल र समर्थकमा संसदिय दलका नेता धर्म चौधरी रहेका छन । सत्तारुढ दलबाट नागरिक उन्मुक्ति बाहिरिएको संकेत छ ।दुई वटा मन्त्रालयमा सहमति थियो । तर, हामीले भनेको जस्तो भएन संसदिय दलका नेता चौधरीले भने–हामीलाई माओवादी, एमाले, कांग्रेस सबैको समर्थन मिल्छ ।आज  उपसभामुख चयनका लागि निर्वाचन हुने प्रदेश सचिव दुर्लभकुमार पुनले जानकारी दिएका छन् ।

प्रतिकृया

प्रतिकृया