तुलसीपुर
१०-माघ/ दाङको तुलसीपुरमा रहेको माध्यामिक विद्यालय तुलसीपुर सेन्टरको ५२औं वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ । मावि सेन्टर विद्यालयले मंगलबार ५२औं वार्षिकोत्सव मनाएको हो ।

यो विद्यालय वि.सं. २०२७ माघ १० गते स्थापना भएको थियो । यस सामुदायिक विद्यालयमा हाल २ हजार तीन सय १६ जना विद्यार्थी रहेका छन् । पछिल्लो समय सामुदायिक विद्यालय तर्फ विद्यार्थीको घट्दो आर्कषणलाई गतिलो झापट हान्न सफल भएको यस विद्यालयले सामुदायिक विद्यालय पनि कम छैनन् भन्ने उदाहरण बनेको छ । मावि सेन्टर विद्यालय तुलसीपुर उपमहानगरपालिकाको नमुना विद्यालय पनि हो ।

यस विद्यालयमा तुलसीपुर उपमहानगरपालिकाका १९ वटै वडा, छिमेकी पालिका, सल्यान, रोल्पा, रुकुम, अछाम लगायत जिल्लाका विद्यार्थीले अध्ययन गर्ने गरेको विद्यालयका प्रधानाध्यपक भागवत पौडेलले जानकारी दिए । उक्त विद्यालयमा विद्यार्थीको चाप धेरै हुँदा भवनको अभावमा पठनपाठन संचालन भैरहेको छ । साथै मावि सेन्टर विद्यालय मेघा विद्यालयको रुपमा समेत घोषणा भएको छ । यस विद्यालयले विभिन्न प्राविधिक धारमा रहेर शिक्षण गराउदै आएको छ ।


त्यस्तै विद्यालयले इलेक्ट्रिकल इन्जिनियरीङ, सुचना प्रविधि (ओभरसियससम्म), जियोमेटिक्स (ओभरसियससम्म),व्यवस्थापन संकाय, निशुल्क प्रि डिप्लोमा, तह १ को निशुल्क तालिम कार्यक्रम, संगित र मार्सल आर्टस कक्षा संचालन गर्दै आएको छ । त्यस्तै यस विद्यालयको मुख्य उद्देश्य भनेको प्रविधियुक्त पुर्ण बालमैत्री मेघा विद्यालयको रुपमा विकास गर्नु रहेको छ । यस विद्यालयलाई गुणस्तरीय शिक्षा तथा लगानीको उचित प्रतिफल उपलब्धताको सुनिश्चत गर्न लायको बनाउने र प्राविधिक शिक्षाको विकास तथा विस्तार गरी (गरिखाने शिक्षा) स्वरोगार मुलक जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको प्रअ पौडेलले बताए । साथै मावि सेन्टर विद्यालय मेघा विद्यालयको रुपमा घोषणा भएसंगै मेघा विद्यालय परियोजना अन्र्तगत यस आर्थिक वर्षमा ८ कोठे भवन र विद्यालयको श्रोतबाट क्यान्टिन भवन निर्माण सुरु गरिएको समेत प्रअ पौडेलले बताए ।

त्यस्तै विद्यार्थीको चाप धेरै भएकोले भवन अभावका कारण आगामी वर्ष कक्षा कोठा थप निर्माण गर्ने, विज्ञान विषयमा कक्षा ११ संचालन गर्नुका साथै विद्यालय परिसर भित्रै बैंक काउण्टर तथा एटियम मेसिन राख्ने योजना बनाएको छ । त्यस्तै विद्यार्थीलाई शुद्ध खानेपानीको अभाव हुन नदिन डिप बोइरिङ निर्माण गर्ने र व्यवस्थित क्यान्टीन निर्माण गर्ने योजना रहेको छ ।

त्यस्तै यस विद्यालयमा कक्षा कोठाको अभावका कारण थप विषयहरु पठनपाठन संचालन गर्न नसक्नुका साथै थप विद्यार्थी भर्नालाई समेत रोक्नु पर्ने अवस्था रहेको छ । त्यस्तै विद्यार्थीका लागि भरपर्दो र दिगो श्रोत नहुनका साथै विद्यार्थी संख्याको आधारमा विद्यालयमा दरबन्दी भएकोले अभिभावकबाट आर्थिक (शुल्क) सहयोग लिन परेको छ । त्यस्तै यस विद्यालयले शैक्षिक उपलब्धी शतप्रतिशत ल्याउने गरेको छ ।

त्यस्तै शिक्षणलाई व्यवस्थित, गुणस्तरीय बनाउन वंशाणुगत, पारिवारीक वातावरण, पोषणको अवस्था, सामाजिक, सांस्कृतिक, आर्थिक अवस्था, परिवेश, शिक्षण प्रक्रिया, बालबालिकाको शारिरीक, मानसिक, संम्वेगात्मक विकास आदि कुराको ध्यान नदिएमा बालबालिकाको शिक्षण सिकाइ प्रभावकारी हुदैन् । विद्यालयको शैक्षिक सुधार र गुणस्तरीय शिक्षा दिने थलो बनाउनका निमित्त शिक्षक मात्रै नभएर अभिभावकको पनि ठूलो भूमिका हुने गर्छ ।

त्यस्तै कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले मावि सेन्टर विद्यालय तुलसीपुरको एक मात्रै उदाहरणीय सामुदायिक विद्यालय भएको बताएका छन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका खड्काले पछिल्लो समय निजि विद्यालयको बढ्दो आकर्षणलाई छिचौल्दै यस विद्यालयले सामुदायिक विद्यालय पनि निजि विद्यालय भन्दा कम छैनन् भन्ने उदाहरणीय काम गरेको भन्दै प्रसंशा गरेका छन् । प्रमुख खड्काले शिक्षा बिना कुनै पनि मानिस जीवनमा अगाडी बढ्न नसक्ने भन्दै गुणस्तरीय शिक्षण सिकाइ हुन आवश्यक रहेको बताएका छन् । साथै उनले मावि सेन्टरका लागि आफ्नो अधिकार भित्र रहेका नियम कानुनका आधारमा सधै साथ र सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

त्यस्तै कार्यक्रममा तुलसीपुर उपमहानरपालिका शिक्षा शाखा प्रमुख चक्र बहादुर भण्डारीले मावि सेन्टर विद्यालयले आगामी दिनमा अझै शैक्षिक गुणस्तरलाई प्रभावकारी र जीवनउपयोगि शिक्षा प्रदान गर्नेमा विश्वस्त रहेको बताएका छन् ।

त्यस्तै वार्षिकोत्सवका अवसरमा विद्यार्थी, शिक्षक, विद्यालयका संस्थापक, पूर्व विद्यालय व्यवस्थापन समिति, पूर्व प्रधानाध्यपक र अक्षयकोष स्थापना गरेका सदस्य लगायतलाई सम्मान गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखतराम पौडेलको अध्यक्षतामा कार्यक्रम भएको थियो भने विद्यालयका प्रधानाध्यापक भागवत पौडेलले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । 

प्रतिकृया

प्रतिकृया