तुलसीपुर,
१०-माघ/ तुलसीपुरका क्रियाशिल युवा व्यवसायीहरुले तुलसीपुरको हात्तिखौवा चोकदेखि मज्गैसम्मको सडक मर्मतको काम सकेका छन् । मंगलबार तुलसीपुरमा पत्रकार सम्मेलन गरेर तुलसीपुर घोराही फोरलेन सडक खण्ड मर्मत अभियानको प्रगति प्रतिवेदन पनि सार्वजनिक गरिएको छ । गएको माघ ५ गतेदेखि ९ गतेसम्म पाँच दिन लगाएर जिर्ण सडक मर्मतको काम सकेको अभियानका संयोजक तथा ईञ्जिनियर पवन योगीले जानकारी दिए ।

हात्तिखौवा देखि मज्गैसम्मको जिर्ण सडकका खाल्डाखुल्डी पुर्ण र सम्याउँदा करिब २५ लाख रुपैयाँ खर्च भएको संयोजक योगीले जानकारी दिए । आफुहरुले नगद रकम नलिएको बताउँदै योगीले तुलसीपुर उपमहानगरपालिका तथा विभिन्न व्यक्ति तथा संघसंस्थाहरुले जेशिवि, ग्रेडर, लोलर, टिप्पर, ट्याक्टर, पानी ट्याङकर, इन्धन र खाना नास्ता सहयोग गर्दा करिब २५ लाख रकम खर्च भएको बताए ।

फोरलेन सडक समयमै नबन्दा दुर्घटना हुने भएकाले दुर्घटना न्युनिकरण गर्नुका साथै सामाजिक कार्यमा पनि योगदान पु¥याउने उद्देश्यले युवाहरु मिलेर अभियान संचालन गरेको संयोजक योगीले जनकारी दिए । सडक मर्मतपछि स्थानीयसंगै सवारी आवागमन केही सहज भएको छ । उक्त अवसरमा युवा व्यवसायी बिनील केसीले सकड मर्मतमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको सहजीकरण पत्रकार शरद रेग्मीले गरेका थिए ।

प्रतिकृया

प्रतिकृया