दाङ,
१४-माघ/ सल्यानका एक हजार छ सय ५५ परिवार अति गरिबको सूचीमा छन् । यस्तै तीन हजार दुई सय ८७ परिवार मध्यम गरिब र तीन हजार एक सय ७९ परिवार सामान्य गरिबको सूचीमा रहेका छन् । गरिब परिवार सूचीकृत पुस्तिकाअनुसार जिल्लाको बागचौर नगरपालिकामा पाँच सय १७ अति गरिब, सात सय ६० मध्यम गरिब र चार सय तीन सामान्य गरिब गरेर एक हजार छ सय ८० परिवार गरिबको सूचीमा छन् ।
यस्तै बनगाड कुपिण्डे नगरपालिकामा तीन सय ३८ अति गरिब, छ सय ९२ मध्यम गरिव, चार सय पाँच सामान्य गरिबसहित एक हजार चार सय ३५, शारदा नगरपालिकामा ४० अति गरिब, एक सय ७६ मध्यम गरिब र चार सय ३१ सामान्य गरिब गरेर छ सय ४७ परिवार गरिबको सूचीमा परेका हुन् । यस्तै दार्मा गाउँपालिकामा ६८ अति गरिब, दुई सय १२ मध्यम गरिब र दुई सय १४ सामान्य गरिब गरेर चार सय ९४, कुमाख गाउँपालिकामा एक सय १४ अति गरिब, दुई सय ३७ मध्यम गरिब र दुई सय सामान्य गरिब गरेर पाँच सय ५१, सिद्ध कुमाख गाउँपालिकामा ३७ अतिगरिब, एक सय ४३ मध्यम गरिब र एक सय ७४ सामान्य गरिब गरेर तीन सय ५४ परिवार गरिबको सूचीमा रहेका छन् ।
यस्तै छत्रेश्वरी गाउँपालिकामा ५१ अतिगरिब, एक सय ४० मध्यम गरिब र दुई सय २८ सामान्य गरिब गरेर चार सय १९, कालीमाटी गाउँपालिकामा तीन सय ५३ अतिगरिब, पाँच सय ५८ मध्यम गरिब र पाँच सय ७३ सामान्य गरिब गरेर एक हजार चार सय ८४, त्रिवेणी गाउँपालिकामा ३१ अतिगरिब, एक सय २४ मध्यम गरिब र दुई सय २१ सामान्य गरिब गरेर तीन सय ७६ तथा कपुरकोट गाउँपालिकामा एक सय छ अतिगरिब, दुई सय ४५ मध्यम गरिब र तीन सय ३० सामान्य गरिब गरेर छ सय ८१ गरिब परिवार रहेका छन् । जिल्लाभर करिब ५२ हजार घरधुरी रहेका छन् ।