सल्यान
३०-फागुन/ सल्यानमा भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु भएको छ । सोमबार बेलुका साढे ५ बजेतिर शिकार खेल्न गएको समयमा भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु भएको हो ।

जिल्लाको बनगाड कुपिण्डे नगरपालिका ९ स्वारा निवासी अन्दाजी १५/१६ वर्षीय चित्रबहादुर रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । गाउँदेखि करिब दुई किलोमिटर टाढा बाहुनका जंगलमा शिकार खेल्न जाँदा सोही ठाउँ निवासी अन्दाजी ४० वर्षीय आइते रावतले बोकेको बन्दुक एक्कासी पड्किदा चित्र बहादुर घाइते भएका थिए।

घाइते रावतको उपचारका लागि सुर्खेत लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । बन्दुक र बन्दुक बोकेका आइते फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ । अहिले चित्रबहादुरको शव पोष्टमार्टमका लागि सल्यान जिल्ला अस्पतालमा राखिएको छ।

प्रतिकृया

प्रतिकृया