तुलसीपुर
७-चैत/ गएराती सल्यानमा भएको आगलागीमा परी गम्भीर घाइते भएका चार जनालाई थप उपचारका लागि भारत पठाइएको छ ।
गम्भीर घाइते पसल सञ्चालक कुमाख गाउँपालिका-४ भण्डारखोला निवासी २४ वर्षीय शंकर राना, २६ वर्षीय यज्ञ राना, २१ वर्षीय जीवन राना र २० वर्षीय सञ्जीव शाहलाई थप उपचारका लागि भारतको लखनउ पठाइएको अस्पताललाई उद्धत गर्दै जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता सन्तोष खनालले जानकारी दिए।
जिल्लाको कुमाख गाउँपालिका-४ भण्डारखोलामा रहेको एक किराना पसलमा आगलागी हुँदा ५ जना घाइते भएका थिए। घाइते मध्य सामान्य घाइते भएका १८ वर्षीय क्षेत्रमणि रानाको भने डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।
घाइते ५ जनालाई सल्यानको स्थानीय मेडिकलमा सामान्य उपचार पछि थप उपचारका लागि कोहलपुर मेडिकल कलेज बाँकेमा पठाइएको थियो ।