तुलसीपुर
७ राप्ती / बबई क्याम्पसको स्ववियु निर्वाचनको मतदान रोकिएको छ । क्याम्पसमा अध्ययनरत विद्यार्थी समिर खानको गोजीमा २३ जना विद्यार्थीको परिचयपत्र भेटिएपछि विवाद उत्पन्न भएको थियो। रोकिएको मतदान सुचारु गर्नका लागि काँग्रेस, एमाले, माओवादी, नेपाल कम्युनिष्ट पार्टी र विद्यार्थी सङ्गठनका नेताहरूबीच भएको छलफल विना निष्कर्ष टुंगिएको थियो ।

मतदान गर्न टाढाटाढाबाट आएका विद्यार्थीहरु भोट नहालेर फर्किन बाध्य भएका छन् । परिचयपत्र सम्बन्धित ब्यक्तिलाई मात्र दिने निर्णय भएपनि क्याम्पस प्रशासनको लापरबाहीको कारण परिचयपत्र एक ब्यक्तिले धेरै विद्यार्थीको परिचयपत्र लगेको पाईएको थियो। परिचयपत्र नपाउदा केही विद्यार्थी गेट बाटै फर्किएका थिए। क्याम्पसले विद्यार्थीलाई परिचयपत्र दिँदा अनिवार्य रुपमा सम्बन्धित विद्यार्थीको हस्ताक्षर बनाएर मात्र दिने गरेको थियो ।

सयौं विद्यार्थीहरूले आफ्नो परिचयपत्र नभेटाएर मतदानबाट बञ्चित हुनुले क्याम्पस प्रशासनको मिलोमतोमा गम्भिर त्रुटी भएको अनेरास्ववियुका सभापतिका उम्मेदवार प्रदिप बस्नेतले बताएका छन । स्ववियु निर्वाचन अधिकृत टेकन कँडेलसँग बुझन बारम्बार फोन गर्दा फोन उठेन । विद्यार्थी सङ्गठनहरूले निर्वाचन अधिकृत कँडेल र क्याम्पस प्रमुख रावत निर्वाचन प्रति गम्भिर नबन्दा अक्षम्य त्रुटि भएको बताएका छन् ।

 

 

बिहान ८ बजेबाट सुरु भएको मतदान दिउसो पौने २ बजे रोकिएको थियो । २४३३ जना मतदाता संख्या रहेको क्याम्पसमा ५३३ जना मतदाताले भोट खसालेका थिए । चुनाव स्थगित भएपछि निर्बाचन अधिकृत टेकन प्रसाद कडेलले निर्वाचन अधिकृत बाट राजिनामा दिएको कार्यसमितिले जानकारी दिएपनी अधिकृत कडेललाई बुझ्न खोज्दा फोन उठेन ।

प्रतिकृया

प्रतिकृया