दाङ,
१३-वैशाख/ नेपाल शिक्षक महासंघको आह्वानमा घोराहीका शिक्षकहरुले बुधवार हातमा कालो पट्टी बाधेर काम गरिरहेका छन । घोराही उपमहानगरपालिकाले १ सय १ जना शिक्षकहरुको सरुवा गरेको बिरोधमा कालो पट्टी बाधेर काम गरेका हुन । शिक्षक सरुवाको नेपाल शिक्षक महासंघ सहित शिक्षकका विभिन्न १३ वटा संगठनले बिरोध गरेका छन ।

जिल्लामा क्रियासील ८ वटा संगठनले सम्युक्त बिज्ञेप्ती निकालेर शुक्रवार दिउँसो २ बजे घोराहीमा बिरोध ¥याली निकाल्ने भन्दै उपस्थितिको लागि आग्रह गरेका छन । घोराही उपमहानगरपालिकाले चैत ८ गते दरबन्दी मिलानका नाममा १ सय १ जना शिक्षकको सरुवा गरेपछि शिक्षकहरु आन्दोलिन भएका छन । प्राथमिक तहको दरबन्दी मिलानका नाममा मावि, निमावी र सहयोगी कार्यकर्ताको ज्यादतीपूर्ण सरुवा गरेपछि आन्दोलनको बिकल्प नभएको नेपाल शिक्षक संघ दाङका अध्यक्ष प्रकाश डाँगीले जानकारी दिए ।

प्रतिकृया

प्रतिकृया