दाङ,
११-जेठ/ नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तहरुको सम्पत्ति रोक्का हुने भएको छ । प्रतिवादी बनाइएकाहरुको सम्पत्ति रोक्का हुनुपर्ने माग गर्दै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौं मुद्दा दर्ता गरेको छ ।

उनीहरुको नाममा भएको बैंक, वित्तीय संस्थामा भएका सम्पत्ति, सेयरहरु लगायत सम्पूर्ण सम्पत्ति रोक्का लागि भन्दै सम्बन्धित निकायमा समेत पत्राचार गरिएको अभियोगपत्रमा उल्लेख गरिएको छ ।

सम्बन्धित निकाय तथा कार्यालयहरुबाट पत्रको जवाफ भने आइनसकेको उल्लेख गरिएको छ । ३० जनालाई प्रतिवादी बनाउँदै बुधबार मुद्दा दर्ता गरिएको छ । उनीहरुमध्ये १६ जना पक्राउ परेका छन् भने बाँकी १६ जनालाई फरार प्रतिवादी बनाइएको छ । ३० जनालाई ठगी, संगठित ठगी, कीर्ते, राज्यविरुद्धको अपराध र एकीकृत कसुरको मुद्दामा प्रतिवादी बनाइएको छ।

 

 

प्रतिकृया

प्रतिकृया