ओम शाही, रुकुमपश्चिम
११-जेठ/ रुकुमपश्चिममा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । बिहीबार बिहान बाँफीकोट गाउँपालिका ८ तोरीधारा नजिक लु १ ज १७४५ नम्बरको जिप दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी १० जना घाइते भएका छन् । जिप सडकबाट झण्डै चार सय मिटर तल खसेको प्रहरीले जनाएको छ । जिपमा १५ जना सवार थिए ।

मृत्यु हुनेमा सानीभेरी गाउँपालिकाका ७० वर्षीय कर्णबहादुर बाडा मगर, अन्दाजी ५० वर्षका देउचन खत्री, बाँफीकोट गाउँपालिका-८ की २२ वर्षीया रेखा खनाल ९केसी०, उनका छोरा रोशन केसी, सोही ठाउँका २३ वर्षीया शितला नाम गरेकी महिला रहेको इलाका प्रहरी कार्यालय रुकुमपश्चिमकी प्रहरी वरिष्ठ हवल्दार रामकुमारी विष्टले जानकारी दिइन् ।

प्रतिकृया

प्रतिकृया