तुलसीपुर
२५-जेठ/ दाङको बंगलाचुली गाउँपालिकाको हाँसीपुरमा दादुराको प्रकोप देखिएको छ । एउटै परिवारका ४ जना गरी १२ जनामा दादुराको प्रकोप देखिएको हो ।
४ जना मध्य एक जनालाई आँखाको समस्या र अन्यलाई पखालाको समस्या देखा परेपछि उक्त स्थानमा चिकित्सकसहितको टोली पठाएको स्वासथ्य कार्यालय दाङका प्रमुख डम्बर कंवरले जानकारी दिए ।
सो स्थानमा कति जनामा दादुराको प्रकोप देखिएको हो भन्ने एकिन तथ्यांक आज बेलुकासम्म आइपुग्ने उनले बताए ।यसअघि तुलसीपुर र घोराही उपमहानगरपालिकामा २९ जनामा दादुराको प्रकोप देखिएको थियो ।