तुलसीपुर
२६-जेठ/ दाङको तुलसीपुर उपमहानगरपालिकाले बसपार्क क्षेत्रको जग्गा बेचेको भनेर चौतर्फी आलोचना भएको छ । उपमहानगरपालिकाले आफ्नो स्वामित्वमा भएको जग्गा ब्यक्तिलाई बेचेको भन्दै चौतर्फी आलोचना भएको हो । पछिल्लो समय देशभर भ्रष्टाचार विरुद्धका घटनाले व्यापकता पाइरहेको बेला तुलसीपुर उपमहानगरपालिकाको जग्गा सम्बन्धी विषयले अझै व्यापक रुपमा चर्चा तथा आलोचना भैरहेका हो ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ बसपार्कको दक्षिणतर्फको पुरानो राप्ती सार्बजनिक यातायात समितीको काउन्टरको पछाडीको ८ वडा घडेरी तुलसीपुर उपमहानगरपालिकाले बिक्री गरेको भन्ने आरोप व्यापक छ । उक्त घडेरीका बारेमा तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काले आफूले उपमहानगरको जग्गा विक्री नगरेको स्पष्ट पारेका छन् । मेयर खड्काका अनुसार तत्कालिन मेयर शंकर आचार्यको कार्यकालमा ८ वटा घडेरीको सेतो पुर्जा (जग्गाको मूल्य तोकेर रसिद काटेको) दिइसकेकोलाई आफूहरुले हकअधिकार मात्रै दिएको बताए ।

‘उक्त जग्गा तत्कालिन मेयर शकर आर्चायको कार्यकालमा व्यक्तिलाई दिइसकेको जग्गा हो । क्याविनेटको २०५७ र २०५८ को दुई वटा बैठकले सो निर्णय गरेको तथ्यांक छ । नेपाल सरकारले व्यक्तिलाई हस्तान्तरण गर्नु भन्ने मन्त्रिपरिषदको निर्णयको प्रमाण हामी संग मौज्दात छ’- मेयर खड्काले भने ।

 

 

राप्ती बस व्यवसायी समितीले आफूहरुले भोगचलन गरेको जग्गा उपमहानगरले बेच्दियो भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएपछि सो विवाद सिृजना भएको थियो । ‘यो विषयलाई छानविन गर्दै जाँदा त्रुटी फेला पर्यो । तत्कालिन मेयर आर्चायले गरेको निर्णय र उपमेयर प्रदिप शाहले गरेको निर्णय फरक परेछ । मेयर आर्चायले गरेको निर्णयमा राप्ती बस व्यवसायी समितीको नाममा रसिद काटेको र उपमेयर शाहले गरेको निर्णयमा व्यक्तिको नाममा रसिद काटेको फेला पर्यो’-मेयर खड्काले भने ।

उक्त विषयमा विवादीद निर्णय भेटिएपछि अख्तियारले त्रुटी सच्चाउनु भनेर उपमहानगरलाई पत्र पठाएपछि उपमहानगरले उक्त त्रुटी सच्चाउदै क्याविनेटको निर्णयलाई कोट गर्दै र अख्तियारको निर्णयलाई भुल भएको कुरालाई कोट गर्दै ती कित्ता नम्बरमा भएका त्रुटीलाई सच्चाएर सम्बन्धित व्यक्तिले पाउनु पर्ने हकअधिकार हस्तान्तरण गर्ने गरेको निर्णयलाई नगरसभाले पारित गरेर कार्यान्वयन गरेको मेयर खड्काले बताए ।

२०४८/२०४९ सालमा गरेको निर्णयलाई अहिले तुलसीपुर उपमहानगरपालिकाले कार्यान्वयनमा ल्याएको मेयर खड्काको भनाइ छ ।

प्रतिकृया

प्रतिकृया