रोल्पा
५-साउन/ रोल्पामा चट्याङ लागेर एक जना वडा सदस्यको मृत्युु भएको छ । चट्याङ लागेर सुनछहरी गाउँपालिका ३ का दिलबहादुर घर्तीमगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको ।

मृतक घर्तीमगर आफ्नो कान्छो भाईको घरमा सुतेरहेको समयमा चट्याङ परेर मृत्यु भएको हो ।

यसैबिच चट्याङ परेर रोल्पामा थप २ जना घाइते भएका छन् । सुनछहरी गाउँपालिका २ मा परेको चट्याङमा परी एक वृद्ध महिला र अर्का बालक समेत घाइते भएका प्रहरीले जनाएको छ ।

 

 

प्रतिकृया

प्रतिकृया