रोल्पा
२३-साउन/ रोल्पामा यात्रुवहाक बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।
मंगलबार करिब १ बजेतिर रोल्पाको परिवर्तन गाउँपालिका वाग्मारादेखि दाङको घोराहीका लागि छुटेको ना ५ ख २६१२ नम्बरको बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रकाश भुसालले जानकारी दिए ।
मृत्यु हुनेमा रोल्पाको माडी गाउँपालिका-२ निवासी २१ वर्षीय प्रकाश बाँठा, माडी गाउँपालिका-४ निवासी ५० वर्षीय गोर्खे डाँगी र उनकी श्रीमती ५० वर्षीया हस्त डाँगी र परिवर्तन गाउँपालिका-३ निवासी ६ वर्षीय भक्तबहादुर विक रहेका छन् ।
त्यस्तै बस दुर्घटनामा घाइते भएकाहरूको उपचारका लागि दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिस्ठानमा पठाइएको सूचना अधिकरी भुसालले बताए ।
बस त्रिवेणी गाउँपालिका-७ तिला रिचि गाउँ भन्ने ठाउँमा दुर्घटना भएको थियो । बबस सडकदेखि एक सय मिटर तल खसेको थियो । उक्त बसमा १९ जना यात्रु सवार रहेको प्रहरीको भनाइ छ ।