तुलसीपुर
३१ भदौ/ दाङको तुलसीपुरमा फोर्स गाडीले अटोलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। आईतवार बिहान साढे ९ बजेतिर तुलसीपुर उपमहानगरपालिका ६ स्टार बोर्डिङ चोकमा नेपालगञ्जदेखि रुकुम तर्फ जाँदै गरेको लु २ ख ५९१८ नम्बरको फोर्स गाडीले डोक्रेनाबाट रक्षाचौर तर्फ जाँदै गरेको रा १ ह ४४५९ को अटोलाई पछाडिबाट ठक्कर दिदा ५ जना घाइते भएका थिए।

गम्भीर घाईते भएका तुलसीपुर १६ डोक्रेनाकाका १३ वर्षीय दामोदर भण्डारीको उपचारका क्रममा तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पताल मृत्यु भएको ईलाका प्रहरी कार्यालयका प्रवक्ता नवराज केसीले जानकारी दिएका छन ।

घाईतेहरुमा तुलसीपुर १६ डोक्रेनाका १८ बर्षीया अन्जु डाँगी,११ बर्षीया बर्षा बस्नेत,६ बर्षीया श्रृष्टी बस्नेत र अटो चलाक तुलसीपुर ६ गोलौराका ५७ बर्षीय तिलबहादुर कार्कीको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएका छन। उनलाई थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको

 

 

घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको अस्पताललाई उद्धत गर्दै प्रहरीले बताएको छ । साथै घटना बारे थप अनुसन्धान भैरहेको बताएको छ ।

प्रतिकृया

प्रतिकृया