तुलसीपुर
१ असोज / आज हरितालिका तीज नाचगान र पूजा उपासना गरेर मनाईंदैछ ।आज बिहानै देखि दाङका बिभिन्न मन्दिरहरुमा बिहानै देखि महिलाहरुको भीड लाग्ने गर्छ ।
तीजको व्रत बसेर शिवको पूजा गरे विवाहित महिलाका पतिको सुस्वास्थ्य र दिर्घायू हुने तथा अविवाहित युवतिहरुले सुयोग्य वर पाउने धार्मिक विश्वास छ ।आज व्रत बसी शिव पार्वतीको पूजाआजा गरेमा सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ ।
सोमबार राति मीठा एवं आडिला परिकार दरका रुपमा खाएका व्रतको पूर्व तयारी गरेका व्रतालु आज विहानै पूजाआजाका लागि शिव मन्दिरमा पुगेका हुन् ।दाजुभाइले दिदीबहिनीलाई बोलाएर दर खुवाउने गर्छन् । महिलाले वर्ष दिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रुपमा समेत तिजलाई उपयोग गर्ने गरेका छन् ।
तीजको व्रत बसेर शिवको पूजा गरे विवाहित महिलाका पतिको सुस्वास्थ्य र दिर्घायू हुने तथा अविवाहित युवतिहरुले सुयोग्य वर पाउने धार्मिक विश्वास छ । तीजको दिन निराहार व्रत बस्नुपर्ने भएकाले ब्रतालु महिलाहरुले अघिल्लो दिनको मध्यरातमै मिठा परिकार बनाएर दर खाएका थिए ।
पूजाआजा सकेपछि तीजका गीतमा नाचगान गर्ने चलन छ ।तीज पर्वलाई महिलाहरुको मनको वह पोख्ने अवसरको रुपमा लिने गरिन्छ । पछिल्लो समयमा भने अधिकारकर्मीहरुले महिला अधिकारको लडाईंको रुपमा तीजलाई व्याख्या गरेकाछन् ।
पञ्चमीका दिन महिनावारीबाट हुने छोइछिटोबाट हुने दोषबाट मुक्त हुन व्रत बसी सप्तऋषिको पूजा गर्ने प्रचलन छ । यसदिन व्रतालु महिलाहरु नजिकको जलाशयमा नुहाइधुवाइ गरी ३ सय ६० ओटा दतिवनले दाँत माझ्ने गर्दछन् ।