तुलसीपुर
१ असोज/ सोमबार विश्वकर्मा पुजा धुमधामका साथ गरेर वास्तु दिवसका रुपमा समेत मनाइदैछ । आफ्ना सवारी साधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार तथा हतियारको पूजा गरी ज्ञान बिज्ञान तथा सीपका भगवान, बाबा बिश्वकर्माको पुजा गर्ने चलन छ ।

विभिन्न कलकारखाना तथा औद्योगिक क्षेत्रमा काम गर्ने मजदुरहरुले महत्वपुर्ण चाडका रुपमा बिश्वकर्मा पूजा गर्ने चलन छ । आजका दिन बिश्वकर्मा बाबालाई खुशी पार्न सके बर्षभरि फलिफाप हुने धार्मिक बिश्वास छ ।

आजका दिन नयाँ सवारी साधान किन्नेले विभिन्न शक्तिपीठमा गई आफ्नो सवारी साधनको पूजा गर्ने गर्दछन् । तराईका पुर्वी जिल्लामा बिश्वकर्मा पूजालाई बिशेष महत्वका साथ मनाउने गरिन्छ ।

द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रका बिचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रका बिचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतम बताए ।

 

 

प्राचीन भारतवर्षका चार दिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षक देवताका रुपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रका बिचमा रहेको छ ।

विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा समेत मान्ने गरिन्छ । ब्रह्माका पुत्र विश्वकर्माले लङ्कालगायत दैवीकालका सबै संरचनाको निर्माण गरेको विश्वास छ ।

यही सम्झनामा नेपालका कालीगढले आज भव्य रुपमा विश्वकर्मा बाबाको पूजा गरी उनको विद्वताको सम्मान गर्ने र यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वासका साथ विश्वकर्माको पूजा गर्दछन् । यसैविच बिश्वकर्मा बाबाको पूजाका लागि मिठाई र फलफुलको व्यापार बढेको छ ।

प्रतिकृया

प्रतिकृया