घोराही,
२२-मंसिर / प्रदेश नम्बर पाँचका पहाडी जिल्लाहरुलाई अलग गर्न नहुने माग गर्दै युवा संघ र अनेरास्वबियुले बुधबार दाङ बन्द गरेका छन् । एक हप्ता पहिले सरकारले प्रदेश नम्बर पाँचका पहाडी जिल्लाहरुलाई चार नम्बर प्रदेशमा गाभ्ने गरी संबिधान संशोधन बिधेयक संसदमा दर्ता गराएको छ ।

जनभाबना बिपरित सरकारले आवस्यकता बिनै पाँच नम्बर प्रदेशका जिल्लाहरुलाई अलग गर्न खोजेको बिरोधमा नेकपा एमालेका भातृ संगठन युवा संघ र अनेरास्ववियुले दाङ बन्द आह्वान गरेका हुन् । बन्दका कारण यातायात, बजार, कलकारखाना, शैक्षिक संस्थाहरु ठप्प रहेका छन् ।

जिल्लाका घोराही, तुलसीपुर, लमही, भालवाङ लगाएतका बजार क्षेत्रमा बन्दकर्ताहरु सडकमा बसेका छन् । एम्बुलेन्स, दुध तथा पानी बोकेका गाडि, प्रेस, मानब अधिकारकर्मीका सवारीका साधन बाहेक अन्य यातायातका साधनहरु ठप्प रहेका छन् ।

 



ADVERTISEMENT

  


 


घोराही, लमही, तुलसीपुर र भालुबाङ बजारमा विहानै आईपुगेका बस तथा अन्य गाडिहरुलाई बन्दकर्ताहरुले रोकेका छन् । जस्का कारण यात्रुहरु चोक मै अलपत्र परेका छन् ।

bandd1

आम नागरिकहरुले दुःख पाउने गरी गरिने बन्दले कसैलाई फाईदा नगर्ने भन्दै बन्दको बिकल्प खोज्न नागरिकहरुले आग्रह गर्दै आएका छन् । बन्द बेलुका ५ बजे पछि खुल्ने बताईएको छ ।

bandd2

bandd3

bandd4

प्रतिकृया

प्रतिकृया