तुलसीपुर
३०-कार्तिक /  बसको ठक्करबाट दाङमा एक ब्यक्तिको मृत्यु भएको छ ।

आज बिहिबार बिहान दाङको ववई गाउपालिका ४ निबासी ४९ बर्षीय हिरा राणा मगरलाई ठक्कर दिदा गम्भीर घाईते भएका थिए । गम्भीर घाईते भएका उनको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।

ग १ ख ७७०३ नं. को बसले ब्याक गर्ने क्रममा उनलाई ठक्कर दिएको हो । ववई गाउपालिका ४ सुन्दरखाल भएको घटना परि उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । गाडि चालक ववई गाउपालिका ४ निबासी २४ बर्षीय नरेन्द्र वलीलाई प्रहरीले नियणत्रणमा लिएको जनाएको छ ।

 

 






प्रतिकृया

प्रतिकृया